काठमाडौ । दराज केमु प्रालिले आफ्नो अनलाइन प्लेटफर्ममा मोबाइल सप्ताह २०१७ सञ्चालन गर्ने भएको छ । 

नेपालसहित दक्षिण एशियाली मुलुकहरु पाकिस्तान, बंगलादेश, श्रीलंका तथा म्यानमारमा विगत तीन वर्षदेखि अनलाइन प्लेटफर्ममार्फत विभिन्न सामाग्रीको अधिक व्यापार गर्दै आएको दराज केमु प्रा.लि.ले आफ्नो मोबाइल सप्ताह सञ्चालन गर्न लागेको हो । 

असार १९ देखि २३ गतेसम्म तदनुसार जुलाई ३ देखि ७ तारिखसम्म केमुडटकम डटएनपीमा मोबाइल सप्ताह आयोजना हुने भएको हो । 

राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी दराज केमु प्रालिले मोबाइल सप्ताहका बारेमा जानकारी गरायो । असार १९ देखि २३ गतेसम्म केमुडटकम डटएनपीमा चल्ने अनलाइन मोबाइल सप्ताहमा अहिलेको बजार मूूल्य भन्दा धेरै सस्तो मूल्यमा मोबाइल खरिद गर्न सकिने छ।

सप्ताह अवधिभर अनलाइन स्टोरमा नेपालमा अधिक प्रयोगमा रहेका सबै ब्राण्डका मोबाइलहरु ५० प्रतिशतसम्म छुटमा किन्न पाइन्छ । यसका अलावा केमु डटकमडटएनपीबाट मोबाइल सप्ताह अवधिमा विभिन्न ब्राण्डका मोबाइल खरिद गर्ने ग्राहकलाई आकर्षक उपहार पनि प्रदान गरिनेछ । उक्त अवधिमा मोबाइल खरिद गर्ने ग्राहकलाई थप नगद छुटका साथै मोबाइल डाटा पनि निशुल्क उपलब्ध गराइने दराज केमुका प्रबन्ध निर्देशक राजिव अमात्यले बताए । 

सन् २०१६ मा ब्ल्याक फ्राइडे नामक अनलाइन सपिङ इभेण्टको अपार सफलतापछि दराज केमुले मोबाइल सप्ताह २०१७ आयोजना गरेको हो । उक्त मोबाइल सप्ताहमा सामसङ, वान प्लस, माइक्रोम्याक्स, एप्पल, हुवावे, नोकिया, जोप्पो, ओप्पे लगायत अन्य धेरै ब्राण्डका मोबाइलहरु सहज रुपमा सुपथ मूल्यमा अनलाइन प्लेटफर्मबाट किन्न सकिनेछ । यसका साथै मोबाइलका अन्य उपकरणहरु इयरफोन, ब्लुटुथ, साउण्ड सिष्टम, पावर बैंक लगायतका सामग्री पनि मोबाइल सप्ताहको आकर्षणका रुपमा रहने छन् । 

यसअघि आयोजना भएको ब्ल्याक फ्राइडे इभेण्टमा केमु डटकम डटएनपीमा लाखौंको संख्यामा अनलाइन भिजिट आएको थियो । यसैको सफलताले आगामी दिनमा पनि अनलाइन प्लेटफर्ममा विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गर्न आफूूहरु उत्साहित भएको प्रबन्ध निर्देशक अमात्यले बताए ।