काठमाण्डौ । फुडमान्डु प्रा.लि.को अनलाइन फूड फेस्टिवल २०२० मा बैंकिङ साझेदारको रुपमा एनआइसी एशिया बैंक लिमीटेड रहने भएको छ । 

योसँग सम्बन्धित सम्झौता दुवै संस्थाका अधिकारीबीच भएको हो । यस अन्तर्गत अनलाइन फूड फेस्टिवल २०२० मा बैंकको मोबाईल बंैकिङ्ग एप प्रयोग गरी क्यूआरमार्फत् भुक्तानी गर्दा बैंकका ग्राहकले ३० प्रतिशत छुट पाउन सक्नेछन् । 

यो अफर पुस २१, २०७६ देखि पुस २७, २०७६ सम्म लागू हुने बैंकले विज्ञप्तिमार्फत जनाएको छ । 

साझेदारीअनुसार बैंकका ग्राहकहरुले फुडमान्डुबाट आफूलाई ईच्छा लागेको खानेकुरा अर्डर गर्दा मोबाइल बंैकिङ्ग प्रयोग गरी भुक्तानी गर्न सक्नेछ ।

हाल एनआइसी एशिया बैंकले देशभरका ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।