-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले अन्तर्राष्ट्रिय स्तरको दाबी गरेको अनलाइन ट्रेडिङ सफ्टवेयरकाका कारणले साना लगानीकर्ता ठगिएको रहस्य पत्ता लागेको छ । 

४१६६.६७ रुपैयाँसम्मको सेयर खरिद खरिद गर्दा २५ रुपैयाँ कमिसन लिइनुपर्छ, तर नेप्सेले भित्र्याएको नयाँ टीएमएस सफ्टवेयरले फ्ल्याटमा ०.६ प्रतिशतका दरले कमिसन लिईरहेको एक ब्रोकरले नाम नखुलाउने शर्तमा रहस्य खोलेका छन् । 

सिस्टममा रुपैयाँ ५ कमिसन देखाउने, तर ब्रोकरको अकाउण्टमा ०.६प्रतिशत कमिसन देखिन गएकोले रकम नै फरक परेको उनले प्रष्ट्याए । यसबाट साना लगानीकर्तामाथि गम्भीर खेलबाड भएको गुनासो बुझ्न् खोज्दा नेप्से आइटी प्रमुख निराञ्जनसिंह नायक सम्पर्कमा आउन चाहेनन् । 

यसैगरी, युनिक क्लाईन्ट कोड प्रत्येक कारोबारमा फरक फरक सिर्जना भइरहेको कारणले सिडिएससी र नेप्सेको पुल सीएनएस सिस्टममै पनि तालमेल नमिलिरहेको पाइएको छ । जस्तैः मनोज नेपालीको युसीसी 2018333333 रहेकोमा दोश्रो बजारमा कारोबार गर्दा टुक्रिएर बेचेको प्रत्येक खण्डमा छुट्टाछुट्टै विभिन्न SG 18489743/ SG 488179/SG21949 गरेर फरक फरक युसीसी सिर्जना सिर्जना भई सेटलमेन्टमा नै निक्कै अप्ठ्यारो स्थिति पैदा भएको एक ब्रोकर अफिसकी कर्मचारीले बिजशालालाई बताईन । 

पछिल्लो समयमा ईडीआईएसबाट सेयर हस्तान्तरणमा यही समस्याले विकराल रूप लिइरहेको उनले दुखेसो पोखिन् । यस किसिमको नेप्सेको चरम लापरबाहीको शिकार भएकी ती कर्मचारीले फरक फरक युसीसी सिर्जना हुँदा कारोबार सेटल नभएको र सिडिएससीसङ्ग समन्वय गर्दा नेप्सेलाई भन्नू भनिएको सुनाईन ।

सिडिएससी एन्ड क्लियरिङ्गगका प्रवक्ता सुरेश न्यौपानेले पनि युसीसीमा कन्फ्यूजन भएको स्वीकारे । ४ वटा कोड आउनु स्वभाविक हो, तर आईडेन्टीफाई भएको करेक्सन हुन्छ । न्यौपानले भने ।

यसका साथै क्लाईन्ट कोड एक्टिभ गर्दा एरर आउने, रिपोर्ट निकाल्न नसकिने, सहज रूपमा चलाउन नसकिने, पब्लिक अर्डर बूक प्रयोगमैत्री नभएको यत्रतत्र गुनासाहरु आइरहेका छन् । अर्डर मोडिफाई गर्दा झट्ट गर्न नसकिने र ईस्क्रोलिङ्ग गर्नुपर्ने जटिलता थपिएको छ । 

मुम्बई स्टक एक्सचेञ्जले जर्मन प्रविधी ,एनएससीले क्यानडाको प्रविधी अनलाइन ट्रेडिङमा प्रयोग गर्नुले स्टक मार्केटमा विश्वासको वातावरण बनाउनु र फेयर हुनु बुझाउने, तर नेपालमा नेप्सेले वाईकोको प्रविधि प्रयोग गरिनुलाई निक्कै शंका, चासोले हेरिएकको पूँजीबजारका एक अभियन्ताको भनाई छ ।