काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली चलाउन लगानीकर्तालाई तालिम दिने भएको छ । 

पूर्व प्रतिबद्धता अनुसार नेप्सेले बिहीबार एक सूचना प्रकाशित गरी मंसिर १६ गते आइतबारदेखि तालिम दिन थालिने बताएको हो । 

वरिष्ट आइटी अधिकृत निशा तिमिल्सिनाका अनुसार मंसिर १६ गतेदेखि २० गतेसम्म अपरान्ह ३ बजे र २१ गते मध्यान्ह १२ बजे नेप्सेको सभाहलमा अनलाइन कारोबार प्रणाली सम्बन्धी प्रशिक्षण कार्यक्रम संचालन हुन लागेको हो । 

नेप्सेले प्रशिक्षणमा सहभागिताका लागि आजै(मंसिर १३ गते)देखि नै नाम दर्ता समेत खुल्ला भएको प्रष्ट्याएको छ । 

तालिम लिन चाहने इच्छुक लगानीकर्ताले नेप्सेको १६६००१२५०२५ नम्बरको टोल फ्रि नम्बर वा नेप्सेको अन्य नम्बरमा कार्यालय समयमा फोन गरी तालिममा सहभागिताका लागि नाम टिपाउन सक्ते बताइएको छ । 

यसैबीच, नेप्से अनलाइन कारोबार प्रणाली सहज संचालनका लागि आम लगानीकर्तालाई नयाँ प्रणालीमा अभ्यस्त गराउने हेतुले नेप्सेले जानकारी पुस्तिका तयार गरी वेबसाइटमा समेत राखेको छ । सो पुस्तिकामा नेप्सेको अनलाइन प्रणालीमा कसरी पहुँच स्थापित गर्ने, आदेश प्रविष्ट गर्ने, सूचनाहरु प्राप्त गर्ने, कारोबार विवरण प्राप्त गर्ने भन्ने लगायतका जानकारीहरु रहेका बताइएको छ । 

पुस्तिकालाई अनलाइन पढ्न यहाँ क्लिक गर्नुहोस्: