काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले अनलाइन कारोबार प्रणालीमा अलमलमा परेका लगानीकर्ताको समस्यालाई सम्बोधनका लागि एक गाइडलाइन जारी गरेको छ । 

नेप्सेले तयार पारेको गाइडलाइन अनुसार सेयरको अनलाइन कारोबार प्रणालीमा सहभागी भए अलमलमा नपर्नुपर्ने दाबी समेत गरेको छ । 

अनलाइन कारोबार प्रणालीको विषयमा सर्वसाधारणले व्यक्त गरेका जिज्ञासा सम्बोधन गर्न जानकारीमूलक सामाग्री तयार गरिएको नेप्सेको प्रष्टोक्ति छ । 

नेप्सेले अनलाइन प्रयोग गर्न यूजरनेम र पासवर्ड कहाँ लिने भन्ने जिज्ञासादेखि नेप्सेले यूजरनेम र पासवर्ड अनुमोदन गर्नुपर्छ या पर्दैन, यूजरनेम र पासवर्ड निःशुल्क हो कि होइन, ट्रेड म्यानेजमेन्ट सिस्टम के हो, टिएमएसमा प्रयोगकर्ताको भूमिका, टिएमएसमार्फत लगानीकर्ता र ब्रोकरले गर्नसक्ने काम, हितग्राही र कारोबार खातालाई आबद्धता गर्नुपर्ने कारण लगायतको विषयमा प्रष्ट पार्ने कोशिश गरेको छ । 

यस्तै, अनलाइन भुक्तानी कसरी गर्ने, यसमा कारोबार सीमा कति हुन्छ, मार्केट वाच र मार्केट डेप्थबाट के गर्न सकिन्छ भन्ने जस्ता विषयमा समेत नेप्सेले प्रष्ट पार्ने कोशिश गरेको छ । 

पछिल्लो समय नेप्सेको अनलाइन कारोबार प्रणाली भद्रगोल अवस्थामा छ । दैनिकजसो नयाँ नयाँ समस्या आएपछि लगानीकर्ता र उनीहरुलाई कारोबारका लागि समन्वय गर्दै आएका ब्रोकर समेत हैरानीमा छन् । अनलाइन कारोबार प्रणालीको भद्रगोलपूर्ण अवस्थाका कारण बजारप्रति विश्वास टुट्दै गएको बेला नेप्सेले मुख्य समस्याहरुलाई सम्बोधन गरी अनलाइन प्रणालीलाई विश्वसनीय र स्तरीय बनाउनुको साटो लगानीकर्ता अलमलमा परेका कारण चाहि समस्या भएको आशयसहित गाइडलाइन जारी गरेको हो । 

यो गाइडलाइनले नेप्सेको अनलाइन प्रणालीको दिनहुँजसोको समस्याको सम्बोधन गर्दैन, तर अनलाइन प्रणालीमा गएर कारोबार गर्न इच्छुक लगानीकर्ताहरुका लागि भने राम्रै मार्गनिर्देशन गर्न सक्छ । 

हेरौं नेप्सेको गाइडलाइनको पूर्ण विवरण: