काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले अनलाइन प्रणालीमार्फत सेयर कारोबार सुरुआत गरेको सात महिना बितिसक्दा पनि यसप्रति लगानीकर्ताको उत्साहजनक सहभागिता देखिएको छैन । 


नेप्सेले गत वर्ष कात्तिकको तेस्रो हप्ता अनलाइन सेयर कारोबार प्रणाली सुरु गरेको हो । मुलुकभर १५ लाखको हाराहारीमा सेयर लगानीकर्ता रहेको अनुमान गरिन्छ । यद्यपि यो प्रणाली सुरु भएको सात महिना बितिसक्दा पनि हालसम्म ८ हजार ९ सय ४४ लगानीकर्ताले मात्र सेयर कारोबारका लागि अनलाइन लगइन र पासवर्ड लिएका छन्् । यो आँकडाले ज्यदै न्यून अर्थात ५ प्रतिशतभन्दा कम सेयर लगानीकर्ताले मात्र यो अनलाइन प्रणालीमा रुचि देखाएको पाइन्छ  । 
 

यस अवधिमा सबैभन्दा बढी ५७ नम्बर ब्रोकर कम्पनी, आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज्मार्फत अनलाइन सेयर कारोबार गर्ने लगानीकर्ताको संख्या ९५४ रहेको छ । सबैभन्दा कम ब्रोकर नं. ४०, क्रिएटिभ सेक्युरिटिजस् प्रालिमार्फत ६ लगानीकर्ताले मात्रै अनलाइनको पासवर्ड र युजर नेम लिएका छन् । 
 

देशभर सेयर कारोबार ५० वटा ब्रोकरमार्फत हुन्छ । यो अवधिमा कुन ब्रोकरबाट कति लगानीकर्ताले अनलाइन सेयर कारोबारका लागि लगइन लिए, हेर्नुहोस् यो सूची :