काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले अनलाइन कारोबारमा लगानीकर्तालाई अभ्यस्त गराउने काम ब्रोकरहरुले नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । 

नेप्सेले एक विज्ञप्ति जारी गर्दै अनलाइन कारोबारमा लगानीकर्तालाई अभ्यस्त नगराएको, ब्रोकरले चलाउने टिएमएस व्यवस्थित नगरेको, डाटा सेन्टर व्यवस्थित नबनाएको भन्दै असन्तुष्टि व्यक्त गरेको हो । उसले यस्ता समस्या ब्रोकरसँग सम्बन्धित रहेको दाबी गर्दै आफू आबद्ध ब्रोकरलाई समस्या समाधानका लागि भन्न र त्यहाँ समाधान नभए मात्र नेप्सेको सम्पर्कमा आउने लगानीकर्तालाई आग्रह गरेको छ। 

नेप्से प्रवक्ता मुराहरी पराजुलीले जारी गरेको विज्ञप्तिमा लगानीकर्ताले कारोबारका लागि आदेश प्रविष्ट गर्दा कुनै समस्या भए सर्वप्रथम सम्बन्धित सदस्य दलाललाई सम्पर्क गर्नुपर्ने भनिएको छ । ‘सदस्य दलालले लगानीकर्तालाई उपलब्ध गराएको टेड म्यानेजमेन्ट सिस्टम(टिएमएस)लाई संचालन तथा व्यवस्थापन गर्ने प्रथम जिम्मेवारी सम्बन्धित सदस्य दलालको भएको सम्बन्धित सबैलाई स्मरण गराउँदै सदस्य दलालहरुबाट समस्या समाधान हुनसक्ने नसक्ने यकिन गरेपछि मात्रै नेप्से सपोर्टमा सम्पर्क गर्न अनुरोध गरिन्छ ।’ विज्ञप्तिमा भनिएको छ–‘सदस्य दलालले लगानीकर्तालाई उपलब्ध गराएको टिएमएस तथा सदस्य दलालको डाटा सेन्टर संचालन गर्ने सम्पूर्ण जिम्मेवारी सम्बन्धित सदस्य दलालको हो । त्यसैले उल्लेखित टिएमएस र डाटा सेन्टरलाई अद्यावधिक गरी गराई संचालन तथा व्यवस्था गर्न÷गराउन सम्पूर्ण सदस्य दलाललाई जानकारी गराइन्छ ।’ 

नेप्सेले हाल लगानीकर्ताको सेयर खातामा पर्याप्त मौज्दात भए÷नभएको यकिन गरेर मात्रै आदेश प्रविष्ट हुनसक्ने व्यवस्था मिलाइएको उल्लेख गर्दै लगानीकर्ता आफूले कारोबार गर्ने खाता(सदस्य दलालसँग खोलिने खाता) र सदस्य दलाललाई उपलब्ध गराएको सेयर निक्षेप खाता(डिपी अकाउण्ट) एउटै भएको सुनिश्चित गरेर मात्र कारोबार गर्ने गराउने व्यवस्था गर्न समेत निर्देशन दिएको छ । ‘लगानीकर्ताले कारोबारका लागि उपलब्ध गराएको निक्षेप खाता फरक पर्न गएमा वा एक भन्दा बढी खातासँग आबद्ध गराएमा खरीद आदेश प्रविष्ट गर्न नसकिने व्यहोरा जानकारी गराइन्छ । ’ विज्ञप्तिमा भनिएको छ ।

नेप्सेले दिएको निर्देशनका अन्य बुँदा यस्ता छन्ः