काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुरस्थित ‘द अरफेन्स होम’, संस्थालाई सहयोग गरेको छ । 

३५ जना अनाथ बालबालिकाहरु भएको सो संस्थामा आवश्यकता अनुसार बैंकले खाद्य पदार्थ दिई सहयोग गरेको हो । 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।  

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९९ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटा शाखारहित बैंकिङ्क गरी जम्मा १३३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।