काठमाण्डौ । प्रायः सपिङ जाँदा के अत्यावश्यक होला ? नगद, कार्ड वा स्मार्टफोनबाट ई–पे । अब सपिङ गर्दा नगद वा कार्ड प्रयोग तथा स्मार्टफोनबाट ई–पेबाट बिल भुक्तानी गर्ने प्रणाली पुरानो हुने भएको छ ।

अब तपाइँहरुले भन्नुहोला कसरी ? हो अब यस्तो प्रविधिको विकास भएको छ कि तपाइँले आफ्नो अनुहार देखाएर आफूलाई चाहेको कुरा सपिङ गर्न सक्नुहुनेछ ।

यो प्रविधिको प्रयोग अहिले छिमेकी मुलुक चीनमा भइरहेको छ । त्यहाँ न त सपिङका लागि नगद बोक्नुपर्छ न कार्ड वा स्मार्टफोनबाट ई–पे नै गर्नुपर्छ ।

चीनमा अहिले फेसियल पेमेन्ट सिस्टमलाई प्रयोगमा ल्याइएको छ । यो सिस्टममा ग्राहकले सपिङ गर्न आफ्नो अनुहार स्क्यान गर्नुपर्ने हुन्छ । यो सिस्टम लागू भएपछि त्यहाँ अब क्यूआर कोड पनि पुरानो जमानाको भएको छ ।

यो प्रणालीअन्तर्गत ग्राहकलाई पसलले क्यामेराजडित प्वाइन्ट अफ सेल मेसिनको अगाडि उभाउनेछन् । यो मेसिनले ग्राहकको अनुहार स्क्यान गरेर त्योसँग जोडिएको डिजिटल पेमेन्ट सिस्टम वा बैंक अकाउन्टबाट पेमेन्ट हासिल गर्छ । यो प्रविधि प्रयोग गर्न पहिला ग्राहकले आफ्नो अनुहार आफ्नो बैंक अकाउन्टमा लिंक गर्नुपर्ने हुन्छ।

हाल यो प्रणाली चीनको करिब १०० वटा सहरमा प्रयोग भइरहेको छ ।

विशेष यो प्रविधि पहिलेदेखि नै प्रयोगमा थियो । खासमा यो प्रविधि अपराधिक गतिविधि नियन्त्रणका लागि प्रयोग गरिन्थ्यो तर अहिले यसलाई ग्राहकको सहुलियतका लागि प्रयोग गर्न थालिएको हो । 

चीनमा यो प्रविधिको प्रयोग बढ्दो छ । चीनको सबैभन्दा ठूलो ई–कमर्श कम्पनी अलीबाबले यो प्रविधिलाई अझै धेरै बढावा दिएको छ । – एजेन्सी