काठमाण्डौ । तपाइँ दिनमा कति घन्टा सुत्नुहुन्छ ? ४, ५ वा ८ घन्टा ? व्यस्त सेड्युल भएका केही मानिस दैनिक ४–५ घन्टामै आफ्नो निद्रा पूरा गर्छन् । तर एक अध्ययनअनुसार दैनिक कम्तीमा ८ घन्टा सुत्दा स्वास्थ्यलाई लाभदायक हुन्छ ।

त्यसो त केही मानिस यति अल्छी हुन्छन् कि दैनिक १२ घन्टा सुत्दा पनि निद्रा पूरा नभएकोजस्तो भान गर्छन् । बढी सुत्नु बालबालिकाका लागि राम्रो भए पनि वयस्क मानिसलाई दैनिक ८ घन्टा सुत्नु नै लाभदाय हुन्छ ।

यस्तैमा एउटा रोचक अफर आएको छ । दैनिक ९ घन्टा सुत्ने जागिर । अझै विश्वास नहोला, दैनिक ९ घन्टा सुतेबापत मासिक डेढ लाख रुपैयाँभन्दा बढी तबल । हो सत्य यो हो ।

यस्तो जागिर जसमा केवल सुतेकै भरमा डेढ लाख रुपैयाँ तलब पाइन्छ भने योभन्दा राम्रो के होला र ?

भारतको बेंगलुरुस्थित एउटा कम्पनीले यस्तै अफर सार्वजनिक गरेको हो । भारतको आईटीहब र कर्नाटक राज्यको राजधानी बेंगलुरुको स्टार्टअप कम्पनी ‘वेकफिट डल को’ यस्तै रोजगारी सिर्जना गरेको हो । जसका लागि कम्पनीले मासिक तलब भारु १ लाख तोकेको छ ।

कम्पनीले यो जागिरलाई ‘वेकफिट स्लिप इन्टर्नसिप’ नाम दिएको छ । जसमा चुनिएका केही उम्मेदवारले लगातार १०० दिन दैनिक ९ घन्टा निदाउनुपर्नेछ ।

कम्पनीले यो जागिरका लागि अनलाइन आवेदन खुला गरेको छ । कम्पनीले आवेदकलाई सर्टलिस्ट गर्नेछ । सर्टलिस्टमा पर्ने उम्मेदवारहरुले आफू सुतिरहेको भिडियो कम्पनीलाई पठाउनुपर्नेछ । त्यसपछि मात्र अन्तिम उम्मेदवारहरु छनोटमा पर्नेछन् ।

त्यसपछि छनोटमा परेका उम्मेदवाहरुलाई कम्पनीले स्लिप ट्रयाकर र विशेषज्ञहरुका साथ काउन्सिलिङ सेसन सुरु गर्नेछ ।

त्यसो त कम्पनीले उम्मेदवारहरुको हरेक गतिविधिको रेडर्क राख्नेछ । त्यसैले छनोट भएका उम्मेदवारहरु सुत्नुअघि र सुतेपछिको अवस्थामा पनि पूरै निगरानी कम्पनीले राख्नेछ ।

कम्पनीले यस्तो रोजगारी सिर्जना गर्नुको मुख्य उद्देश्य भनेको प्रतिस्पर्धात्मक यो दुनियाँमा मानिसलाई केही समय आरामले सुत्न पाउनु भन्ने ने रहेको जनाएको छ । यो सहभागितापछि उनीहरुलाई निद्राको कति महत्व छ भन्ने ज्ञान हुने कम्पनीको विश्वास छ । – एजेन्सी