काठमाण्डौ । सुरुवातदेखि निकै समयसम्म अग्रता कायम गरेकी एमालेकी भगवती चौधरी अन्ततः कांग्रेसका विजयकुमार गच्छदारसँग पछाडि परेका छन् । 

सर्वाधिक चर्चित तथा बहुप्रतिक्षित सुनसरी क्षेत्रनम्बर ३ को पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका गच्छदारले ३६ हजार ८० मत पाएका छन् भने उनलाई भगवतीले ३५ हजार ५ सय ६१ मतले पछ्याइरहेकी छिन् । 

यो क्षेत्रमा कुल ८५ हजार १ सय ९७ मत खसेको थियो । जसमध्ये हालसम्म ७८ हजार ३ सय ९१ मत गणना भइसकेको छ । यो क्षेत्रमा अब ७ हजारको हाराहारीमा मत गन्न बाँकी छ । 

प्रारम्भदेखि नै निकै रोचक रहेको यहाँको मतपरिणाम निकै रोमाञ्चक मोडमा पुुगेको छ । कांग्रेस समर्थक तथा कार्यकर्ताले गच्छदारको जित निश्चित रहेको दाबी गर्दै नाराजुलुससहित खुशियाली मनाउन थालेका दुहबीका संचारकर्मी आशिष यादवले जनाएका छन् ।