काठमाण्डौ । निर्वाचनअघि कांग्रेससँग एकता गरेका विजयकुमार गच्छदारले झिनो मतअन्तरले जित हासिल गरेका छन् । 

उनले बाम गठबन्धनको तर्फबाट एमालेकी उम्मेद्वार भगवती चौधरीलाई ३२१ मतअन्तरले पराजित गर्दै गच्छदारले जित हासिल गरेका हुन् ।

गच्छदारले ३८ हजार ९ सय ७२ मत ल्याएर विजयी भए । भगवतीले भने ३८ हजार ६ सय ५१ म्त ल्याएर पराजय भोग्नुपर्यो । 

२०७० सालमा भएको दोश्रो संविधानसभा निर्वाचनमा समेत भगवती गच्छदारसँग झिनो मतअन्तरले पराजित भएकी थिइन् । 

गच्छदारले यो जितसँगै जितमा दोश्रो ह्याटिक गरेका छन् । यसअघि दोश्रो ह्याटिकको इतिहास शेरबहादुर देउवाले बनाएका थिए । त्यस्तो रेकर्ड अब गच्छदारले समेत बनाएका हुन् । 

२०४८ सालदेखिका कुनै पनि चुनाव उनले हारेका छैनन् । २०७० अघिका हरेक चुनावमा उनले शानदार जित हासिल गरेका थिए । तर, भगवतीले २०७० र योपटक टक्कर दिएका कारण झिनो मतान्तरले मात्र उनले जित हासिल गरेका हुन् ।