काठमाण्डौ । बजारमा कारोबारको अन्तिम समयमा मंगलबार शिवम् सिमेन्ट लिमिटेडको सेयर मूल्यमा एकाएक उछाल आएको छ ।

जारमा कारोबार अन्तिम समयमा कम्पनीको सेयर मूल्यमा झन्डै १० प्रतिशतको हाराहारीमा वृद्धि भएपछि पोजेटिभ सर्किट लागेको हो । कम्पनीको सेयरमूल्यमा सोमबारको तुलनामा प्रतिसेयर ४८ रुपैयाँले बढेर ५४३ रुपैयाँ पुगेको छ । कम्पनीको हिजो अन्तिम सेयरमूल्य प्रतिकित्ता ४९५ रुपैयाँ रहेको थियो ।

मार्केट डेप्थमा कम्पनीको सेयर खरिद चाप बिक्रीको तुलनामा बढी देखिएको छ । मार्केट डेप्थमा कम्पनीको सेयर खरिदका लागि २० हजार ६१० कित्ता पोस्ट भएको छ भने बिक्रीतर्फ २ हजार ४१३ कित्ता पोस्ट भएको छ ।