काठमाण्डौ। देशव्यापी गर्मी सुुरु भइसकेको छ। दिउँसो तापमान धेरै भएकाले घरबाहिर निस्कनै कठिन हुुुन्छ। 

यस्तो बेला कतै बाहिर जानुुुपरेमा कारमा जानुु राम्रो हुुन्छ। किनकि कारको यात्राका दौरान गर्मीबाट बचिन्छ नै एसी भएका कारण आनन्दित पनि भइन्छ। तर गर्मीको मौसममा तपाइँ आफ्नो कार कूूल र फिट राख्न चाहनुुहुुुन्छ भने कारको सही हेरविचार गर्न जरुरी हुुुन्छ। यहाँ हामी तपाइँलाई केही जरुरी कुराहरु जानकारी दिदैछौं जुन गर्मीमा तपाइँको कार फिट राख्न मद्दत गर्छ।

जरुरी छ एसीको सर्भिस गर्न

गर्मीयाममा सबैभन्दा पहिले तपाइँले आफ्नो कारको एसी सर्भिस गर्र्न जरुरत छ। यदि एसी ठीक ढंगले कूूलिगं नभइरहेको भए यसको ग्यास चेक गर्नुुहोस्। यसका अलावा रेडिएटर पनि सफा गर्दा धेरै राम्रो मानिन्छ। यी सबै कुुरा भएपछि एसीले राम्रो कुुलिङ दिन्छ साथै आयुु पनि बढ्दछ। एसीको सर्भिस भने आधिकारिक सर्भिस सेन्टरबाट नै गर्नुु उत्तम हुन्छ।

शीतलक जाँच गर्ने

गर्मीमा कार चाँडै न गरम हुुन्छ। तर शीतलक (कुलेन्ट) को मद्दतले इन्जिन चिसो पार्न मद्दत गर्दछ। कारमा शीतलकको मात्रा एकदम सही हुुनुुपर्छ। शीतलक कम भएको खण्डमा इन्जिन तात्तिएर बन्द हुुन सक्छ। तपाइँ कारमा शीतलक एक्सट्रा बोतल पनि राख्न सक्नुुहुुन्छ।

रेडिएटर चेक गर्ने

समय–समयमा रेडिएटरमा जडित पंखा पनि चेक गर्नुुहोस्। कतिपय अवस्थामा पंखा नचलेका कारण गाडी तातो भएर बन्द हुुन्छ। यसका लागि यसको जाँच धेरै जरुरी हुुन्छ।

इन्जिन आयल चेक गर्ने

कारका लागि इन्जिन आयल सबैभन्दा अहम मानिन्छ। सर्भिसका दौरान इन्जिन आयल पनि फेर्नुुुपर्छ। कतिपय अवस्थामा इन्जिन आयल सुुखा भएमा वा कालो भएमा लुुब्रिकेन्ट घट्छ जसले गाडीलाई धेरै नोक्सान पुुर्याउँछ र गाडी तातिन पनि थाल्दछ।

आयल फिल्टर

यदि कार सर्भिस गर्न गइरहनु भएको छ भने इन्जिन आयल फेर्ने बेलामा आयल फिल्टर पनि बदल्नुु राम्रो हुुन्छ। यसो गरेमा तपाइँको कारको स्वास्थ्य राम्रो रहनेछ। – एजेन्सी