काठमाण्डौ । लुम्बिनी बिकास बैंक लिमिटेडले भदौ २९ गते बिहीबार अन्तर्राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालय, नारायणटारका अपाङ्ग बालबालिकाहरुलाई खाजा वितरण गरेको छ ।  

सो कार्यक्रममा त्यस विद्यालयका ३५० विद्यार्थी तथा शिक्षकहरुलाई विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खाजा वितरण कार्यक्रमको आयोजना गरेको हो । 

सो कार्यक्रममा विकास बैंकका नायव महाप्रबन्धक तिलकराज पाण्डेय, नारायणटार शाखाका कर्मचारीहरु, स्थानीय क्लबका सदस्य, सामाजिक संस्थाका प्रतिनिधि एवं स्थानीय भद्रभलादमीहरुको उल्लेख्य सहभागिता थियो। 

विकास बैंकले यसअघि पनि सो बिद्यालयलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एकथान साउण्ड सिस्टम उपहार स्वरुप प्रदान गरिसकेको र यस प्रकारको सहयोग कार्यक्र्रमलाई आगामी दिनहरुमा समेत निरन्तरता दिदै जाने योजना रहेको बैंकले जनाएको छ ।