काठमाण्डौ । कोरोनाभाइरस महामारी र लकडाउनले बन्द भएको धितोपत्र बजार आगामी सातादेखि खुुल्न गइरहेको छ । अब डिम्याट खातामा अनलाइन र अफलाइन दुुवै खाता चेक हुुने व्यवस्था लागूूू हुुने भएसँगै एक डिम्याट खाताबाट एउटा ब्रोकर कम्पनीबाट मात्रै सेयर कारोबार हुुने भएको छ । अर्थात् पहिले एउटा ब्रोकरकहाँ अनलाइन सुुविधा लिए पनि अफलाइनबाट जुुनसुुुकै ब्रोकरमार्फत् सेयर कारोबार हुुने गथ्र्यो, अब पनि यसो गर्न नपाइने भएको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का प्रवक्ता मुराहरि पराजुुलीका अनुुसार अनलाइन वा अफलाइन जुुुनसुुुकै भए पनि एउटा ब्रोकर एउटा कारोबार खाता कडाइका साथ लागूूू हुुने भएको छ ।

स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाटले ने-'एउटा लगानीकर्ताले एउटा ब्रोकरबाट काम गर्न पाउने व्यवस्था भएको छ, यदि उसले अर्को डीपी अकाउन्ट खोलेमा भने अर्को ब्रोकरबाट पनि गर्न पाउनेछ ।'

एउटा डिम्याट खाताबाट एउटा मात्रै ब्रोकर कम्पनी चुुनेर लगानीकर्ताहरुले अबका दिनमा सेयर कारोबार गर्नुुपर्ने भएको छ । डिम्याट खाता अनलाइन र अफलाइन दुुवै इण्टीग्रेड हुुने भएकाले अब एकल डिम्याट एकल ब्रोकर हुने भएको वाइको प्रालिका सीइओ दीपेश प्रधान बताउँछन् ।

नेपाल धितोपत्र बोर्डद्वारा हाल एक व्यक्तिले २ वटा डिम्याट खातामात्र सञ्चालन गर्न पाउने प्रावधान छ । यसअघिको व्यवस्था अनुसार एक डिम्याट खाताबाट लिइएको अनलाइन कारोबार प्रणालीमा एक ब्रोकरसँग जोडिन सकिए पनि अफलाइनबाट भने जति पनि ब्रोकरकहाँ ट्रेडिङ खातामार्फत् सेयर कारोबार गर्ने चलन थियो । अब आइतबारबाट भने एक व्यक्ति एक ब्रोकरमार्फत् कारोबार गर्न पाइने भएको हो । 

विविध कारणले भवितव्य कुुनै ब्रोकर कारोबारबाट केही दिनका लागि आउट भएमा लगानीकर्ताहरुले साधारणतया एक भन्दा बढी नै ब्रोकरहरुकहाँ कारोबार खाता खोली सेयर कारोबार गर्र्दै आइरहेका थिए । यो नयाँ प्रणालीका बारे हालसम्म नेप्से र स्टक ब्रोकरहरुले समेत आम सर्वसाधारण लगानीकर्ताहरुलाई जानकारी र प्रचारप्रसार समेत गरेको देखिँदैन ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार एक डिम्याट मल्टीपल ब्रोकरको व्यवस्थाका लागि बोर्डसमक्ष आग्रह गरेको जिकिर गर्छन् ।

जुुनसुुकै तवरबाट सेयर कारोबार गर्न लगानीकर्तालाई थुुनचेक गर्न नहुुने उनको तर्क छ । सिस्टम भेण्डर कम्पनी वाइको प्रालिलाई समेत समन्वय गरिदिन आग्रह गरेको उनले दाबीसमेत गरे । ‘कारोबारमा सोझै असर पर्ने भएकाले भइरहेको सेवासुुविधा खोस्न हुुुँदैन।’उनले बिजशालासँग भने ।

के छ त समाधान?
एक डिम्याट एक ब्रोकरको प्रावधान हुुनुु राम्रो पनि हो, तर विविध कारणले लगानीकर्ताहरु एउटै ब्रोकरसँग निर्भर रहेर सेयर कारोबार गर्न नसक्ने अवस्था पनि रहन सक्छ । यसका लागि सिडिएससीले ‘मेरो सेयर’ पोर्टलमा एकै व्यक्तिको दुुई डिम्याट खातामा बीओ टूू बीओ ट्रान्सफर रियल टाइममा गर्न सके यसको पहिलो समाधानको उपाय हुनसक्छ र अर्को चाहिँ सिस्टम भेण्डर कम्पनीले ब्रोकरले नै लगानीकर्ताको इनेबल र डिसेबल गर्ने अप्सन रहेमा हाल कारोबार गरिरहेका ब्रोकरले डिसेबल गरेको खण्डमा अर्को ब्रोकरले इनेबल गरी अर्को ब्रोकरमार्फत् सहजै सेयर कारोबार गर्न सक्दछन् ।