काठमाण्डौ । वाणिज्य बैंकहरुको भीडमा आफूलाई पृथक बनाउँदै लगेको एनएमबी बैंकले पछिल्लो समय अब्बल प्रदर्शन गर्दै आफूलाई अगाडि बढाएको देखिएको छ । 

यो बैंकले हरेक त्रैमासको नाफालाई समानान्तर ढंगले बढाइरहेको छ भने अन्य गतिविधिमा समेत आफूलाई अग्रस्थानमा राख्दै आएको छ । बैकिङ पहुँच बिस्तारदेखि सेवामा विविधता तथा वैदेशिक लगानी भित्र्याएर नेपालमा लगानी गर्न सकिन्छ भन्ने सन्देश अन्तराष्ट्रिय समुदायका लगानीकर्तालाई दिने सवालमा समेत यो बैंक निकै अगाडि देखिएको छ । 

आर्थिक वर्ष २०७३/७४ मा एनएमबि समूूहले अघिल्लो आर्थिक वर्षभन्दा ३९.५ प्रतिशतले वृद्घि गरी रु. १ अर्ब ६१ करोड खुद मुनाफा गर्न सफल भएको छ । 

बैंकले आफ्नो संचालन मुनाफा ६० प्रतिशतले बृद्दि गरी यस आर्थिक वर्षमा रु. १ अर्ब ९८ करोड पुर्याएको छ । मुनाफाको मुख्य स्रोत गैरकोषमा आधारित आम्दानी र ट्रेजरी आम्दानी रहेको छ । वित्तिय क्षेत्रमा देखिएको असहज बजार अवस्थामा पनि बैंकले हरेक त्रैमासिकमा लगातार समान वित्तिय प्रदर्शन गर्दै आएको देखिएको छ । 

समिक्षा अवधिमा बैंकको शेयरधनीको कोष ५५ प्रतिशतले बढेको छ । जुन ६.९१ अर्बबाट रु १०.७३ अर्ब पुगेको छ । एनएमबि बैंकको कर्जा रु ६२.६ अर्ब रहेको छ । जुन बिगत आ.व.२०७२/७३ का तुलनामा १५.५ प्रतिशतले बढी हो । साथै बैंकको निक्षेप परिचालन १३ प्रतिशतले बृद्दि भई रु ७३.२ अर्बको उचाईमा पुुगेको छ । 

एनएमबि बैंकले नेपाली बैकिङ्ग इतिहासमै सबैभन्दा ठूूलो बैदेशिक लगानी एफएमओ—नेदरलेण्डस् मार्फत भित्राएर एफएमओको लगानी २० प्रतिशत पुर्याएको छ । बैंकले २०७३ साल फागुन महिनामा नवौं बार्षिक ग्लोबल एलायन्स फर बैकिंङ्ग अन् भ्यालुज (जिएबिभि) सम्मेलनको आयोजना नेपालमा गर्न सफल भएको छ । सम्मेलनको मूल नारा “Shifting the Financial Paradigm – Courage to Act Together” लाई आत्मसाथ गर्दै जिएबिभिका सदस्यहरुले मुनाफालाई मात्र जोड नदिई दिगो बैकिङ्ग प्रणाली अपनाई ग्राहक लगायत जनताहरुलाई सर्व सुलभ किसिमले वित्तिय प्रणालीको धारमा ल्याउनेतर्फ पहल गरेको बैंकको भनाई छ । 

बैंकले आ.ब २०७३/७४ को अन्तसम्ममा ८० शाखा, ४ एक्सटेन्सन काउन्टर र ६८ वटा एटिएम काउन्टर बिस्तार गरेको छ भने बैंकको दुईवटा सहायक कम्पनीहरु एनएमबि क्यापिटल तथा एनएमबि लघुवित्त वित्तिय संस्था रहेका छन् । बैंकले संचालन गरेको ‘एक घर एक खाता’ अभियानले बैकिङ्ग पहुँचबाट टाढा रहेका जनताहरुलाई वित्तीय साक्षरता मार्फत बैकिङ्ग प्रणालीमा समाबेश गराउन सफल भएको बैंक व्यवस्थापनको दाबी छ। 

बैंकले साना तथा मझौला ब्यबसाय वर्गलाई लक्षित गरी संचालन गरेको  “Channel Financing Program”  ले ब्यबसायको हरेक खण्डमा लगानी बिस्तार गर्दै वित्तिय सुबिधाहरु प्रदान गरेको छ।