काठमाण्डौ । अब १ लिटरवाला एक बोतल प्रशोधित पानीको खुद्रा मूल्य १६ रुपैयाँमात्र पर्ने भएको छ।

यसअघि पसलेहरुले ग्राहकबाट एक बोतल प्रशोधित पानीको २०–२५ रुपैयाँसम्म उठाउँदै आएका थिए। अब भदौ १ गतेदेखि भने उपत्यकाका तीनसहित ४ जिल्लामा एक बोतल प्रशोधित पानीको मूल्य १६ रुपैयाँमात्र तिरे पुग्ने वाणिज्य विभागले जनाएको छ।  

विभागले उपत्यकाका काठमाण्डौ, ललिपुर र भक्तपुर तथा काभ्रे गरी चार जिल्लामा उत्पादन हुने बोतलबन्द पानीको न्यूनतम समर्थन मूल्य तोकेको हो। पानीको मूल्य तोक्ने विभागद्वारा गठित कार्यदलले गरेको सिफारिसअनुसार प्रशोधित पानीको मूल्य तोकिएको बताइएको छ।

विभागका अनुसार नयाँ मूल्यअनुसार १ लिटर बोतल प्रतिकार्टुनको डिस्ट्रिब्युटर मूल्य भने १३० रुपैयाँ तोकिएको छ।

यसैगरी एक जार प्रशोधति पानीको अधितम खुद्रा मूल्य ५० रुपैयाँ तोकिएको विभागले जनाएको छ। प्रशोधित पानी प्रतिजार डिस्ट्रिब्युटर मूल्य भने ३५ रुपैयाँ तोकिएको छ।