काठमाण्डौ। एनआईसी एसिया बैंक लिमिटेडले सेवाग्राही आफैँ बैंकको शाखा पुगेर डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने ‘डिजिटल अकाउन्ट ओपनिङ’ प्रणालीको सुरुआत गरेको छ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौं ग्राहकमाझ गतिशिल बैंकिङको अभ्यास गर्दै आएको बैंकले समयअनुरुप परिस्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई यो प्रणालीको सुरुआत गरेको हो। ग्राहकले उक्त प्रणालीमार्फत भौतिक फारमको सट्टा खाता खोल्नका लागि आवश्यक आफ्नो विवरण, फोटो, औँठाछाप, हस्ताक्षरलगायतका विवरणहरू डिजिटल प्रणालीबाटै भरी बचत खाता सहज तरिकाले खोल्न सक्ने व्यवस्था बैंकले गरेको छ। 

यस प्रणालीमा सेवाग्राहीले चमत्कारिक सुविधाहरूले भरिपूर्ण ९ वटा न्यू प्रिमियम सुपर चमत्कारिक खाता योजनामध्ये आफूले इच्छाएको खाता छनोट गरी बिना झन्झट आफ्नो खाता डिजिटल रुपमा खोल्न सक्ने बैंकले जनाएको छ। कम्प्युटरमा दक्षता नपुगेका ग्राहकका निम्ति बैंककै कर्मचारीको सहयोगमा डिजिटल रुपमा खाता खोल्न सकिनेसमेत व्यवस्था गरेको बैंकले स्पष्ट पारेको छ। जसका लागि बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरुमा छुट्टै डिजिटल लबीको पनि बैंकले व्यवस्था गरेको छ।
देशको ‘डिजिटल फस्र्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यअनुरुप डिजिटल माध्यमबाट बैंकिङ कारोबारलाई बढाउनुका साथै आफ्ना अधिकतम सेवाहरूलाई डिजिटल माध्यममा लैजाने क्रममा यो प्रणालीजस्तो नवीनतम सुविधा ल्याइएको बैंकले जनाएको छ। यसरी खाता खोल्दा ग्राहकलाई लामो फारम भर्ने तथा आफ्नो पालो कुरेर बस्ने झन्झटबाट मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ।

बैंकले यसअघि iServe प्रणालीमार्फत सेवाग्राहीले घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी आफ्नो वा आफूले चाहेको यस बैंकको खातामा नगद रकम जम्मा गर्ने भौचर भर्न मिल्ने अनलाइन प्रणालीको शुभारम्भ गरिसकेको छ। यसको अलावा बैंकले मोबाइल बैंकिङ सेवा नवीकरण, अनब्लक, ब्लक, तथा पिन रिसेट गर्ने एवं मौज्दात विवरण, चेक अनुरोध, ई–कमर्श दर्ता, ब्यालेन्स सर्टिफिकेट अनुरोध र स्टेटमेन्ट अनुरोध गर्नका लागिसमेत अनलाइन प्रणाली iServe मार्फत सेवा दिइरहेको छ। 

‘डिजिटल फस्र्ट बैंक’ बन्ने अभिप्रायअनुसार बैंकले आफ्नो कार्यालयमा कागजबिहिन वातावरणको सिर्जना गरिरहेको छ। यससँगै आफ्ना सेवा तथा सुविधाहरू डिजिटल माध्यमबाट प्रवाह गरी नेपाल सरकारको ‘क्यासलेस इकोनोमी’ को अवधारणालाई सहयोग पुर्याउने रणनीति लिएको बैंकले जनाएको छ। 

डिजिटल सर्भिसहरू जस्तै डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङका प्रयोगकर्ता २२ लाख रहेको अवस्थामा बैंकले विद्युतीय भुक्तानी तथा डिजिटल सेवाहरूलाई अझ परिस्कृत बनाउँदै लैजाने उद्देश्यअनुरुप विद्युतीय भुक्तानी तथा सेवागत क्षेत्रहरूमा समेत डिजिटल प्रणालीको विकास गरिरहेको जनाएको छ। साथै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्नका निम्ति बैंकले मोबाइल बैंकिङ वा कार्डहरूमार्फत देशभरका २ हजार ५०० वटाभन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा कारोबार गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ।