काठमाण्डौ । पुरुषहरुमा गर्भनिरोधको एक नयाँ टेक्निक बाँदरहरुमा गरिएको परीक्षणमा सफल भएको वैज्ञानिकहरुले बताएका छन् । यो नयाँ प्रविधिमा एक क्रिमको माध्यमबाट पुरुषबाट उत्पादन हुने शुुक्राणूको प्रवाहलाई रोक्ने काम गरिन्छ । 

बीबीसीका अनुसार विशेष क्रिमलाई पुरुषको त्यो ट्यूूबमा लगाइन्छ, जहाँबाट शुक्राणुु लिंगतर्फ जान्छ ।

यो नयाँ पुरुष गर्भनिरोधक क्रिम उत्पादन गर्ने कम्पनीको भनाईमा २ वर्षसम्मको परीक्षणको क्रममा यसले काम गरिरहेको प्रमाणित भएको हो । यो क्रिमको प्रयोगबाट पुरुष बाँदरको शुक्राणूूको प्रवाह रोकिएको र परीक्षण सफल भएको बताइएको छ । 

कम्पनीले आउने केही वर्षभित्रै यो क्रिमको प्रयोग पुरुषहरुमा गर्न सकिने बताएको छ । उसले यो क्रिमले गर्भनिरोधक औषधिको काम गर्ने पर्याप्त आधार तथा प्रमाणहरु आफूहरुसँग रहेको समेत दाबी गरेको छ । 

यदि यो प्रयोग थप सफल भयो र क्रिम बजारमा लैजान तथा प्रयोग गर्न कानूनी मान्यता पायो भने आगामी केही वर्षभित्रमै पुरुष गर्भनिरोधको पहिलो क्रिमको रुपमा यसले विश्व बजार हल्लाउनेछ।

हाल पुरुषहरुका लागि गर्भनिरोधको २ तरिका मात्र उपलब्ध छ । एउटा कण्डमको प्रयोग र अर्को बन्ध्याकरण । यो विशेष क्रिमको असर बन्ध्याकरणको जस्तै हुने बताइएको छ ।