काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडले कोरोनाभाइरसको विषम परिस्थितिमा ग्राहकमाझ सिमेन्ट खरिद गर्नका लागि सिमेन्ट जगतमै पहिलोपटक ‘शिवम् मोबाइल एप’ सार्वजनिक गरेको छ। 

ग्राहकले गुगल प्ले स्टोर तथा आईओएस एप स्टोरबाट यो एप डाउनलोड गरी सहज प्रक्रियाका साथ सुपथ मूल्यमा आफूलाई चाहिएको परिमाणमा सिमेन्ट खरिद गर्न सक्नेछन्। साथै भुक्तानीका लागि खल्ती, ई–सेवा, कनेक्ट आईपीएस वा क्यास अन डेलिभरीको सुविधा उपलव्ध गराएको छ। 

सिमेन्ट जगतमै पहिलो पटक नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत यस सिमेन्ट कम्पनीले निरन्तर रुपमा आफ्नो गुणस्तरीय उत्पादन गर्दै आइरहेको छ। कोरोनाभाइरसले निम्त्याएको विषम परिस्थितिमा सबैको स्वास्थ्य सुरक्षाका निम्ति आवश्यक सामाजिक दूरी कायम रहोस् र हरेक किसिमका निर्माणहरुले पनि निरन्तरता पाओस् भन्ने उद्देश्यका साथ यो एप सञ्चालनमा ल्याइएको शिवम् सिमेन्टले जनाएको छ। 

आधुनिक प्रविधिका माध्यमबाट ग्राहकले आफ्नो मोबाइलमा “शिवम् मोबाइल एप” डाउनलोड गरी सुनिश्चित भएर सहज, सरल तथा सुरक्षित तरिकाल घरमै बसेर शिवम् सिमेन्ट अर्डर गर्न सक्ने व्यवस्था मिलाइएको कम्पनीको भनाइ छ। यो एपका माध्यमबाट ग्राहकले गरेको अर्डरलाई कम्पनीले सहज व्यवस्थापनका साथ उचित मूल्यमा समयमै तोकिएको स्थानमा डेलिभरी दिने कम्पनीले जनाएको छ। 

झन्झटरहित सरल अर्डर प्रक्रिया भएको र भुक्तानीका लागि विभिन्न सहज सुविधाहरु भएको हुनाले ग्राहकका लागि शिवम् सिमेन्ट खरिद गर्न यो एप अत्यन्तै प्रभावकारी रहने विश्वास कम्पनीले लिएको छ। यो एपभित्र नै सिमेन्टको निश्चित मूल्य निर्धारण भएको हुनाले ग्राहक मूल्यमा सुनिश्चित रहन सक्नेछन्। 

गुणस्तरको मामलामा कुनै सम्झौता हुँदैन भन्दै देशका विभिन्न ठूला राष्ट्रिय गौरवका आयोजनाहरुमा समेत आफ्नो महत्वपूर्ण भूमिका निभाउँदै आएको शिवम् सिमेन्टले ओपीसी सिमेन्टमात्र उत्पादन गर्दै आइरहेको छ। यो कम्पनीले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्रीवितरण तथा बिक्रीपछिको प्राविधिक सेवाका कारणले पहिलो स्थानमा रहन सफल भएको दाबी गरेको छ।

सन् २००९ मा नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि उक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ। उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताका कारणले गर्दा नै शिवम् सिमेन्ट  ग्राहकद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको कम्पनीको भनाइ छ। 

NS ISO Certificates, ISO, ISI र BIS Certification Mark प्रमाणित तथा नेपाल गुणस्तर चिह्न प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आइरहेको जनाएको छ।