काठमाण्डौ । नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल ब्रान्ड बजाजको नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले ग्राहकहरुद्वारा सर्वाधिक रुचाइएकोे बजाज डिस्कभरमा न्यूनतम डाउनपेमेन्ट स्कीम सुरु गरेको छ ।
 
यस स्कीम अन्तर्गत बजाज डिस्कभर खरिद गर्दा अब मात्र रु. १९,९९९ को न्यूनतम डाउनपेमेन्ट तिरे पुग्नेछ  ।

खरिदकर्ताले हुलास इन्भेष्टमेन्ट प्रा.लि.बाट  फाइनान्समा सजिलै बजाज डिस्कभर खरिद गरी सरल किस्ताबन्दीको फाइदा लिन सक्नेछन् ।
 
कम्पनीकाअनुसार यो चाडपर्वको बेला बजाज डिस्कभर खरिद गर्न चाहने हरेकले बजाज डिस्कभर खरिद गर्न सकुन् भनेर यो न्यूनतम डाउनपेमेन्ट सहुलियत प्रदान गरिएको हो ।