-मनोजबाबु

काठमाण्डौ । सिडिएससीले 'मेरो सेयर'मार्फत नै लाभांशको रेकर्ड हेर्न सकिने व्यवस्थाको तयारी गरेको छ । 

बिजशालासँग कुरा गर्दै सिडिएससीको प्रमुख कार्यकारी अधिकृत देवप्रसाद गुप्ताले निकट भविष्यमै 'मेरो सेयर'मा सूचिकृत कम्पनीहरुले दिने लाभांशको पूर्ण विवरण समेत लगानीकर्ताले हेर्न पाउने गरी नयाँ फिचर थप्ने तयारी भइरहेको जानकारी दिए । 

‘मेरो सेयर'मा आबद्ध लगानीकर्ताले पनि आफूले लगानी गरेको कम्पनीले दिएको लाभांशको सम्पूर्ण विवरण हेर्न पाउने गरी हामी नयाँ फिचर थप्दैछौ ।’ उनले भने–‘लगानीकर्ताले लाभांशदेखि त्यो जम्मा भएको मिति, लाभांश परिमाण लगायतको बिषय मेरो सेयरमा हेर्न पाउनेछन् ।’ 

उनका अनुसार 'मेरो सेयर'को मोवाइल एप्स निर्माण भइरहेको छ भने  लाभांश रेकर्ड सेवाको साथमा डाटा फिल्टरिङ(केवाइसी अपडेट)को काम तथा अन्य लगानीकर्तामैत्री विशेषताहरु थपगर्ने योजना समेत रहेको छ ।