काठमाण्डौ । सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी मिसकल बैकिङ्ग सेवा शुभारम्भ गरेको छ ।

यस सेवा अन्र्तगत आफूलाई आवश्यक परेको बैंकिङ्ग सुविधाहरु लिन बैंकले तोकेका निश्चित नम्बरहरुमा मिसकल गरे पुग्छ । 

बैंकको ९८५११४७२७३ नम्बरमा मिसकल गरी आफ्नो खातामा रहेको मौज्दातको जानकारी, ९८५१११७२७२ नं.मा मिसकल गरी रु. १०० बरावरको मोवाईलमा रिचार्ज(टपअप) गर्ने सुविधा, ९८५१११७२७५ नं.मा मिसकल गरी खाताको अन्तिम ४ वटा कारोवारको जानकारी र ९८५११८७२७४ नं.मा मिसकल गरी बैंकले प्रदान गर्ने विभिन्न सुविधाको बारेमा जानकारी लिन सकिन्छ ।  

ती सुविधाका लागि बैंकका ग्राहकको मोबाइल नम्बर बैंकको मोबाइल बैंकिङ्ग सेवामा रजिष्टर गरिएको हुनुपर्नेछ । ग्राहकहरुसँग स्मार्टफोन नभए पनि यो सेवा लिन सकिने बैंकले प्रष्ट्याएको छ । 

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ८८ वटा शाखा, २२ वटा शाखारहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, ९९ वटा ए.टि.एममार्फत आफ्ना ४ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।