काठमाण्डौ । नेपालमा बेरोजगारको समस्या निकै जटिल छ । रोजगारमा रहेकाहरु पनि बेलैमा तलब नपाउँदा हैरान हुन्छन् ।
सरकारी तथा गैरसरकारी संघसंस्थामा लाखौँ मानिसले सेवा गरिरहेका छन् । पदअनुसार तलबमान पनि समान छैन।
नेपालमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई महिना मरेपछि तबल कति दिनभित्र दिने भन्ने यकिन छैन । अझै विशेषगरी निजी क्षेत्रमा काम गरिरहेकाहरुले बेलैमा तलब पाउँदैनन् ।
छिमेकी मुलुकमा भारतमा पनि यस्तै समस्या छ । त्यहाँका कर्मचारीहरुले पनि निश्चित दिन तलब पाउँदैनन् ।
यस्तो भारतको केन्द्रीय सरकारले ‘वन नेसन वन पे डे’ सिस्टम लागू गर्ने विचार गरिरहेको छ । यदि यो सिस्टम लागू भएमा भारतमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले महिना मरेपछि एकै दिन पाउनेछन् ।
भारतका श्रममन्त्री सन्तोष गंगवारले हालैसेन्ट्रल एसोसिएसन अफ प्राइभेट सेक्युरिटी इन्डस्ट्रीले आयोजना गरेको सेक्युरिटी लिडरसिप समिट २०१९ मा श्रममन्त्री गंगवारले विभिन्न क्षेत्रमा कार्यरत कर्मचारीलाई समयै तबल भुक्तान गर्न देशभरि हरेक महिना एकैदिन तलब वितरण गर्ने योजना बनाउने काम भइरहेको बताए । उनले प्रधानमन्त्री नरेन्द्रसम्म उक्त योजना पुगिसकेको र उनी त्यस विषयमा गम्भीर रहेको जानकारी दिए ।
मन्त्री गंगावरले कर्मचारीको हितका न्यूनतम पारिश्रम तोक्ने तयारी भइरहेको पनि जानकारी दिए । –एजेन्सी
15 minutes ago
10 hours ago
10 hours ago
10 hours ago
15 hours ago
15 hours ago
16 hours ago
16 hours ago
16 hours ago
16 hours ago