काठमाण्डौ । अमेरिकाको लस भेगसमा विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक प्रदर्शनी सुरु भइसकेको छ । कन्ज्युमर इलेक्ट्रोनिक शो(सीइएस) २०१८ मा लगभग सबै प्राद्योगिक कम्पनीहरुले भाग लिइरहेका छन् । यहाँ  कम्पनीहरुले आफ्ना पछिल्ला प्रडक्टहरु लञ्च गर्ने गर्छन्, जुन प्रडक्ट निकट भविष्यमै बजारमा आउने खालका हुन्छन् । योपटकको प्रदर्शनीमा समेत कैयन शानदार ग्याजेट्सहरु प्रदर्शन गरिएको छ । एजेन्सीहरुका अनुसार यसपटकको  सीइएसमा जाने जोकोहीले साइन्स फिक्सन मुभीको महसुस गरिरहेका छन् । आउनुहोस् हामी पनि जानिराखौं यो वर्षको सीइएसमा प्रदर्शनमा राखिएका हालसम्मकै  सबैभन्दा एड्भान्स ग्याजेट्सको बिषयमा:

तपाईको घूर्ने बानी नियन्त्रण गर्ने स्मार्ट बेड


सीइएस २०१८ मा अमेरिकाको कम्पनी सेलेक्ट कम्फर्टले एक यस्तो स्मार्ट बेड पेश गरेको छ, जसले आफूमाथि सुत्ने व्यक्तिले घूर्न थालेपछि आफैं एडजस्ट हुनेछ र सुत्नेलाई राहात दिई घूराई बन्द गरिदिनेछ । यो खास बेडको नाम ‘स्लीप नम्बर ३६० स्मार्ट बेड’ हो । यो बेडमा एक अटोमेटिक घुराई डिटेक्टर समेत लगाइएको छ र यसले तपाईले सुतिरहँदा कति तीव्र गतिमा घुरिरहनु भएको थियो भन्ने तथ्यांक समेत पेश गरिदिन्छ । यसमा लगाइएको गद्धाले तपाईको सुत्ने समयलाई समेत ट्रयाक गर्छ र उठ्ने सही समयमा खाटमा जडित अलार्म अटोमेटिक बज्न थाल्छ ।

टाइम मेसिन क्यामेरा


सीइएस–२०१८ मा एक अर्को शानदार ग्याजेट समेत लञ्च गरिएको छ, जसको नाम हो रोडर टाइम मेसिन क्यामेरा । यो क्यामेराको सटर बटन दबाएपछि १० सेकेण्ड पहिला र १० सेकेण्डपछिको भिडियो लिन्छ । यो भिडियो बनिसकेपछि यूजरको मद्धतले स्मार्टफोन वा ट्याब्लोइडमा यसले ट्रान्सफर समेत गरिदिनसक्छ । कम्पनीका अनुसार यो क्यामेराको ब्याकअप ब्याट्री ७ घण्टाको छ ।

टेस्ला सूट भिआर


भर्चुअल रियालिटीको सफलतापछि कम्पनीहरु यसलाई अगाडि बढाउन लागिपरेका छन् । यहीकारण भीआर हेडसेटपछि अब कम्पनीहरुले भीआर सूट बनाउने तयारी गरिरहेका छन् । यही क्रममा सीइएस–२०१८ मा टेस्लाले विश्वकै पहिलो भीआर सूट पेश गरेको छ । कम्पनीले दाबी गरेको छ कि यो सूटले शरीरमा लागेको चोट निको पार्न समेत मद्धत गर्नेछ । 

ड्रोनवाला फोन केस


एईई एभिएसन टेक्नोलोजीले एउटा यस्तो फोन केस लञ्च गरेको छ, जसले ड्रोनजस्तै काम गर्नेछ । यो फोन केसमा इनविल्ड क्यामेरा रहेको छ, जसले १०८० पिक्सेलको भिडियो रेकर्ड गर्नेछ । यो डिभाइसमा सोनीको सेन्सर समेत लगाइएको छ । यसको मूल्य मेलामा १३० डलर रहेको छ। यो डिभाइसले ४५ मिटरको एरियालाई कभर गर्छ । 

कुरा गर्नेछ यो शिशाले


हिजोआज प्रत्येक दिन कुनै न कुनै नयाँ टेक्नोलोजी लञ्च भइरहेको छ । यसैलाई निरन्तरता दिंदै एक कम्पनीले सीइएस–२०१८ मा एक यस्तो सिसा लञ्च गरेको छ, जसले तपाईसँग कुरा गर्न सक्छ । कम्पनीका अनुसार यो सिसा इन्टरनेटसँग जोडिएको हुन्छ,  अमेजन एलेक्सा डिजिटल असिस्टेन्टको आधारमा काम गर्नेछ । यो शिशामा समेत एक इनबिल्ड क्यामेरा रहेको छ, जसले तपाईको स्कीनलाई एनलाइज गरेर एक स्कीन केयर लक्ष्य समेत सेट गरिदिन्छ । यसपछि यसले तपाईको स्कीनका आधारमा आवश्यक स्कीन केयर प्रडक्टको बिषयमा समेत बताउनेछ ।