काठमाण्डौ । सरकारले स्थलमार्गबाट नेपाल आउनैपर्ने नागरिकहरुका लागि विभिन्न १० नाका तोकेको छ । 

यसअघि २० वटा नाकाबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न पाइने व्यवस्था थियो । कोरोना संक्रमणको दर केही कम भएपछि २० वटा नाका खुलाएको सरकारले संक्रमणको दर बढ्न थालेपछि त्यसका नियन्त्रणका लागि नेपाल प्रवेश गर्न पाइने नाकाको संख्या घटाएर १० मा सीमित पारेको हो । 

मन्त्रीपरिषदको सोमबारको बैठकले काकँडभिट्टा, रानी, माडर, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकीबाट मात्रै नेपाल आउन पाइने निर्णय गरेको हो । 

पछिल्लो समय भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्नेहरुको संख्या बढेपछि र कोरोना संक्रमण भित्रिने दर पनि बढेको देखिएपछि सरकारले यस्तो निर्णय गरेको बताइएको छ । 

यस्तै सरकारले सीमा नाका भने भदौ ३१ गते बुधबारसम्म बन्द गर्ने निर्णय समेत गरेको छ ।