काठमाण्डौ । चीनको ई–कमर्स कम्पनी अलीबाबाको ‘सिंगल डे सेल’ मा रेडर्क ब्रेक कारोबार भएको छ ।

सिंगल डे सेलमा २४ घन्टामै ३८.४ अर्ब डलरको कारोबार भएको हो । यो कारोबार गत वर्षको तुलनामा २७ प्रतिशतले बढी हो । सन् २०१८ मा सिंगल डे सेलमा ३० अर्ब डलरको कारोबार भएको थियो।

अलीबाबाले यो बर्षको सिंगल डे सेलमा अमेरिकी कम्पनी अमेजनको दुई महिनामा हुने कारोबार एकैदिनमा गरेको छ । अमेरिकी गायिका टेलर स्विफ्टको परफरमेन्सका साथ आइतबार रातको १२ बजेबाट सुरु भएको अनलाइन सेल सोमबार मध्यरातमा समापन गरिएको थियो ।

सिंगल डे सेलमा अलीबाबालाई १ सेकेन्डमा ५.४४ लाख अडर प्राप्त भएको थियो । यो कम्पनीको सुरुआतको बर्ष सन् २००९ भन्दा १३६० गुणा बढी हो । 

अमेरिका र चीनबीच जारी व्यापारिक युद्ध र चीनको खस्किँदो आर्थिक व्यवस्थाबीच अलीबाबालाई यो बर्ष बजार बढाउन चुनौतीको विषय बनेको छ । सेल डे सरु हुनुभन्दा पहिले विश्लेषकहरुले यो बर्ष १० प्रतिशतको ग्रोथ हुने आँकलन गरेका थिए । तर विश्लेषको आँकलनविपरीत ग्रोथ २७ प्रतिशत रहन गयो । जुन गत बर्ष पनि समान नै थियो ।

अर्काथरि विश्लेषहरु अर्थव्यवस्था जतिसुकै कमजोर भए पनि सिंगल डे सेलमा भारी छुटका कारण ग्राहकहरुको संख्या बढ्ने आशावादी थिए । जुन सही साबित हुन पुग्यो ।

अलीबाबाका लागि यो बर्षको सिंगल डे सेल यस कारण पनि अहम थियो कि यो बर्ष उसले हङ्कङको सेयर बजारमा लिस्टिङका लागि आईपीओमार्फत १५ अर्ब डलर जुटाउने गृहकार्यमा लागिरहेको छ ।

उता यो पनि अड्कल काटिँदैछ कि सिंगल डे सेलमा भएको बिक्रीको आँकडाले लगानीकर्तालाई अलीबाबाको आईपीओमा लगानी गर्न आर्कषित गर्न मद्दत पुग्नेछ । – एजेन्सी