काठमाण्डौ । विश्वकै ठूलो ई–कमर्स कम्पनी अमेजनले ग्राहकले अर्डर गरेका सामान छिटोभन्दा छिटो डेलिभरी गर्ने तयारीमा जुटेको छ । यसका लागि कम्पनीले केही समयता ड्रोन र रोबोट प्रयोगमा ल्याउने तयारी गरिरहेको हो ।

ग्राहकको अर्डर अब आधा घन्टाभित्रै डेलिभरी गर्न अमेजनले ड्रोन र रोबोट बनाउनका लागि ३५ अर्ब अमेरिकी डलर खर्च गर्ने योजना बनाएको छ । अमेजनका सीईओ जेफ विल्कका अनुसार यदि कम्पनीले ड्रोन प्रयोगमा ल्याउन साथ कुनै पनि सामान आधा घन्टाभित्र ग्राहकको हातमा पुग्नेछ ।

अमेजनले सामान डेलिभरीका लागि रोबोटको टेस्टिङ पनि सुरु गरिसकेको छ। यही डिसेम्बर पहिलो सातादेखि अमेजनले अमेरिकाको बोस्टनमा रोबोटको डिजाइन र निर्माणका लागि एउटा प्लान्ट नै खोलेको छ ।

ड्रोन बनाउन भने अमेजनले ६ वर्षदेखि काम गर्दै आएको छ । यसैगरी कम्पनीले सेल्फ ड्राइभिङ साना र ठूला गाडी (चाहकविहीन) का लागि पनि लगानी गरिरहेको छ ।

एकातिर अमेजनले आफ्ना ग्राहकलाई छिटोभन्दा छिटो सामान डेलिभरी गर्न ड्रोन, रोबोट र चालकविहीन गाडी सञ्चालन गर्ने तयारी गरिरहेको छ भने अर्कोतिर यी अटोमेसिनको प्रयोगपछि करिब ३८ करोड मानिसको रोजगारी खोसिने चिन्ता बढ्न थालेको छ । त्यसो त कम्पनीले अहिले पनि थुप्रैलाई रोजगारी सिर्जना गरिरहेको छ तर यदि रोबोट तयार भएमा कम्पनीलाई कर्मचारी निकाल्नमा समस्या हुने विश्लेषकहरु बताउँछन् । 

अमेजनको अमेरिकासँगै विश्वभर फुलफिलमेन्ट सेन्टर छन् । – एजेन्सी