काठमाण्डौ । अमेरिकी कम्पनी एप्पलले विश्वकै चर्चित सपिंग अनलाइन अमेजन डटकममाथि नक्कली सामान बिक्रीको गम्भीर आरोप लगाएको छ । 

यो आरोपसँगै दुनियाँ दुई ठूला कम्पनीबीचको बिग फाइट संसारभरका लागि हटकेक बनेको छ । 

अमेजनले 'फुलफिलमेन्ट योजना' अन्तर्गत बिक्री गरिरहेको उत्पादनको सन्दर्भमा एप्पले यस्तो आरोप लगाएको बीबीसीले जनाएको छ । 

यो विशाल  खुद्रा साइटमा तेश्रो पक्षले आफ्ना सामानको सूचि राख्छ र यी सामानलाई तेश्रो पक्षको गोदामबाट आम ग्राहकसँग पुर्याउने गरिन्छ । सामान बनाउने कम्पनीहरुले अमेजनको यो पद्धतिप्रति वर्षौदेखि भरोसा समेत गर्दै आइरहेका छन् । 

पछिल्लो समय अमेजन डटकमबाट ग्राहकले खरीद गरेको एप्पलको फोन, चार्जर र कयौं उत्पादनहरुमा गडबडी हुन थालेपछि चेतावनी दिंदै एप्पलले भनेको छ ः सामानको बिषयमा भइरहेको यो गडबडी आउने दिनका लागि खतरा बन्न सक्नेछ । 

तर, एप्पलले अमेजनमाथि मुद्धा चलाउनुको साटो उसको एक एजेन्टमाथि चाहि मुद्धा चलाएको छ । न्यूयोर्कको मोबाइल स्टार एलएलसी, जसमाथि यो आरोप लगाइएको, माथि यस्तो मुद्धा लगाइएको छ । एलएलसीले यो  बिषयमा अहिलेसम्म कुनै पनि प्रतिक्रिया जनाएको छैन र कुनै पनि कानूनी दस्तावेज समेत प्रस्तुत गरेको छैन । 

तर, अमेजनले यो विषयलाई आफूहरुले गम्भीरतापूर्वक लिएको प्रतिक्रिया सार्वजनिक गरेको छ । 

अमेजनका प्रवक्ताले बीबीसीसँग भनेका छन्-'अमेजन आफ्नो साइटमा यस्तो खालको जालसाजी सहदैन । जालसाजीप्रति हाम्रो नीति जिरो टोलरेन्सको हो । हामी सामानका उत्पादक र ब्राण्डसँग धेरै नजिक जोडिएका छौ, र यो गडबडीलाई चाँडो भन्दा चाँडो समाधान गर्नेछौ ।' 

एप्पलका प्रवक्ताका अनुसार यो बिषय त्यतिबेला बाहिर आयो जतिबेला १ सय आइफोन, तिनका चार्जर केबल र पावर एडप्टर ग्राहकसँग पुर्याइयो । ती १ सयमा ९० प्रतिशत सामान नक्कली थिए । 

यस्ता नक्कली फोन चार्ज गर्ने क्रममा निकै छिटो तात्ने गर्छन, यस्ता फोनमा आगो समेत लाग्न सक्छ । 

एप्पलले भनेको छ–‘यो ग्राहकसँग गरिएको सबैभन्दा ठूलो धोका हो । किनकि अमेरिकी मानिस अमेजनप्रति विश्वास छ ।’ 

एक ब्लगरले पनि यो विषय सार्वजनिक हुनुअघि अमेजनको धोकाधडीको समस्यामाथि प्रश्न उठाएका थिए । ती ब्लगरले भनेका छन् कि एप्पलले मोवाइल स्टारमाथि किन एक्सन लिइरहेको छ ? अमेजनमाथि किन एक्सन लिन नसकेको ?