काठमाण्डौ । अमेरिकामा वित्तीय सेवा दिने अग्रणी फर्म ‘क्यापिटल वान’ लाई ह्याकिङ गरी १० करोड ६० लाख मानिसको सूचना चोरी भएको छ । सूचना चोरी भएका अधिकांश मानिस अमेरिका र क्यानडाका छन् । 

कथित महिला ह्याकर पेज थाम्प्सनलाई सोमबार अमेरिकी प्रहरीले पक्राउ गरेको छ । थाम्प्सन पक्राउ पर्दा उनी एउटा अनलाइन फोरममा आफ्नो यो हर्कतका बारेमा बताइरहेकी थिइन् । 

क्यापिटल वानका अनुसार ह्याकरले डाटा चोरी गरेको स्वीकारेको छ। उसले त्यसमा मानिसको नाम, ठेगाना र फोन नम्बर रहेको क्यापिटल वानले जनाएको छ । यद्यपि क्यापिटल वानले ह्याकर सूचना चोरी भएको मानिसको क्रेडिट कार्ड अकाउन्ट नम्बरसम्म पुग्न नपाएको दाबी पनि गरेको छ । 

यति धेरै मानिसको सूचना चोरी भएको बैंकिङ इतिहासमै ठूलो घटना रहेको जानकारहरु बताउँछन् । उनीहरुका अनुसार अमेरिकाका मात्र करिब डेढ लाख सोसल सेक्युरिटी नम्बर र ८० हजार बैंक अकाउन्टका डाटा चोरी भएको छ । त्यस्तै क्यानाडामा क्यापिटल वानका उपभोक्ताहरुसँग सम्बन्धि करिब १० लाख बीमा नम्बरको सूचना चोरी भएको छ । 

यो घटनाको उजागार गत जुलाई २३ मा भएको थियो । ह्याकरले नाम, ठेगानासँगै क्रेडिट स्कोर, लिमिट, ब्यालेन्स, पेमेन्ट हिस्ट्रीजस्ता महत्वपूर्ण सूचनाहरु चोरी गर्न सफल भएको छ ।

क्यापिटल वान अमेरिकाको सबैभन्दा ठूलो क्रेडिट कार्ड जारी गर्ने कम्पनी हो । यसले रिटेल बैंकको सेवा प्रवाह गर्छ । 

क्यापिटल वानले यो घटना प्रभावित भएकाहरुलाई कम्पनीले फ्रीमा क्रेडि मोनिटरिङ र पहिचानको सुरक्षामा मद्दत गर्ने जनाएको छ । कम्पानीका अध्यक्ष रिचर्ड फेयरब्याङ्कले भनेका छन्, ‘अपराधी पक्राउ परिसकेको छ तर जे भयो त्यसका लागि म अफसोच छु ।’ – एजेन्सी