काठमाण्डौ । इरानका तेलमन्त्री बिजान जानगानेले अमेरिकाको प्रतिबन्धका बाबजुुद पनि तेल उद्योगको विकासका लागि इरान प्रतिबद्ध रहेको बताएका छन्।

इरानको सरकारी टेलिभिजनमार्फत मन्त्री जानगानेले यस्तो धारणा सार्वजनिक गरेका हुन्। ‘हामी कुुनै हालतमा आत्मसर्मपण गर्ने छैनौँ’, मन्त्री जानगानेले भने, ‘बजारमा बलियो उपस्थितिका साथ प्रवेश गर्न र बजारलाई पुनस्र्थापित गर्न आवश्यक पर्ने भएकोले हामीले हाम्रो क्षमता वृद्धि गर्नुुपर्दछ।’

मन्त्री जानगानेले इरानको राष्ट्रिय तेल कम्पनी र पर्सिया आयल एन्ड ग्यासबीचको २९४ मिलियन डलर सम्झौतामा हस्ताक्षर गर्नुुपूर्व यस्तो अभिव्यक्ति दिएका हुुन्। सम्झौताले दक्षिण–पश्चिम इरानको खुुुजेस्तान प्रान्तमा रहेको यारन तेलस्थलबाट ३९.५ मिलियन ब्यारेल तेल उत्पादन गर्ने लक्ष्य राखेको छ। 

इरानको सन् २०१५ को आणविक सम्झौताबाट बाहिर २०१८ मा बाहिरिएपछि अमेरिकाले इरानमाथि प्रतिबन्धहरु लगाउँदै आइरहेको छ। यी प्रतिबन्धहरुका कारण इरानको दैनिक तेल निर्यातमा १ लाखदेखि २ लाखसम्म ब्यारेलसम्म कमी आएको छ।

सन् २०१८ अप्रिलमा इरानले प्रतिदिन २.५ मिलियन ब्यारेल तेल निर्यात गर्दै आएको थियो। यतिबेला इरानको दैनिक कच्चा तेल उत्पादनमा २ मिलियन ब्यारेल गिरावट आइरहेको छ। – एजेन्सी