काठमाण्डौ । कोरोना संक्रमणबाट मृत्यु हुने दैनिक संख्यामा अमेरिकाले सबै देशलाई उछिनेको छ । 

अमेरिकामा एकैदिन ९१२ संक्रमितको मृत्यु भएको छ। योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ५३ पुगेको छ । 

यो दिन नयाँ संक्रमित फेला पर्नेमा समेत अमेरिका सबैभन्दा अगाडि देखिएको छ । अमेरिकामा एकैदिन २४ हजार ७४२ संक्रमित फेला परेका हुन् ।

योसँगै अमेरिकामा कोरोनाबाट संक्रमितको कुल संख्या १ लाख ८८ हजार ५०० माथि पुगिसकेको छ । 

पछिल्लो २४ घण्टामा अमेरिकापछि इटलीमा ८३७ व्यक्तिको मृत्यु भएको छ । योसँगै इटलीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार ४२८ पुगेको छ । 

स्पेनमा समेत यो दिन ७४८ संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ मृत्यु हुनेको संख्या८ हजार ४६४ पुगेको छ । 

फ्रान्समा समेत यो दिन ४९९ संक्रमितको मृत्यु भएको छ । योसँगै फ्रान्समा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ हजार ५२३ पुगेको छ। 

इरानमा १४१ को मृत्यु भई कुल मृतकको संख्या २९००, बेलायमा ३८१ थपको मृत्यु भई कुल मृतकको संख्या १७८९ पुगेको छ । 

नयाँ संक्रमित फेला पर्ने मामलामा फ्रान्स र स्पेनले प्रतिस्पर्धा गरिरहेका छन् । स्पेनमा पछिल्लो २४ घण्टामा ७ हजार ९६७ र फ्रान्समा ७ हजार ५७८ नयाँ संक्रमित फेला परेका छन् ।

जर्मनीमा ४ हजार ९००, बेलायतमा ३०००, इरानमा ३ हजार १००, टर्कीमा २७०० बढी नयाँ संक्रमित फेला परेका छन् । 

यो दिन विश्वभर ४ हजार ५४२ संक्रमितको मृत्यु भएको छ । यो दिन हालसम्मकै सबैभन्दा बढी ७३ हजार ७११ बढी नयाँ संक्रमित फेला परेका छन् । 

मंगलबारसम्म विश्वभर ४२ हजार ३०० बढी संक्रमितको मृत्यु भएको छ भने कुल संक्रमितको संख्या ९ लाख नजिक पुगेको छ ।