काठमाण्डौ । पछिल्लो केही घटनाक्रम र अभिव्यक्तिहरुले अमेरिका र चीनबीचको व्यापारयुद्ध झनै चर्किन थालेको छ ।

चीने विश्व व्यापार मामिलामा अमेरिकामाथि गम्भीर आरोप लगाएको छ । चीनले स्टेट काउन्सलरले जापानमा शनिबार सम्पन्न जीवन–२० को साइडलाइन मिटिङमा अमेरिका विश्वमा अस्थिरता फैलाउने सबैभन्दा ठूलो स्रोत भएको आरोप लगाएका छन् ।

चीनले अमेरिकी राजनेताहरु तथ्यहीन आरोप लगाएर चीनलाई बदनाम गर्न चाहिरहेको जनाएको छ । जापानको नागोया सहरमा डच विदेशमन्त्रीसँगको बैठकमा चीन स्टेट काउन्सलरले अमेरिकाको आलोचनाहरुको जोडदार जबाफ फर्काएका हुन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार चीनका विदेशमन्त्रीले अमेरिकाका तर्फबाट पूर्ण रुपमा एकतर्फी र संरक्षणवादी कदम उठाइरहेको छ । जसले बहुपक्षीय र बुहपक्षीय व्यापार प्रणालीलाई नोक्सानी गरिरहेको विदेशमन्त्रीको दाबी छ ।

अहिले अवस्थामा अमेरिका विश्व व्यापार खराब गर्ने विश्वकै सबैभन्दा ठूलो कारण रहेको चीनको भनाइ छ । अमेरिकाले आफ्नो राजनीति फाइदाका लागि आफ्नो सम्पूर्ण तागत चीनको कारोबार बर्बाद गर्नमा लगाइरहेको चीनको आरोप छ ।

अमेरिकी राजनेताहरु विश्वभर अनर्गल प्रचार गरेर चीनको बदानामी गरिरहेको चीनले जनाएको छ । त्यस अमेरिकी यो कदम चीनलाई असर असफल भएको पनि उसको दाबी छ ।

चीनले अमेरिकाले विनाकारण आफ्नो देशको आन्तरिक मामिलामा पनि दखल दिइरहेको आरोप लगाएका छ । चीनले अमेरिका आफ्नो घरेलु कानुनको प्रयोग गरेर हङकङमा अस्थिरता फैलाउँदै चीनलाई विभाजन गर्न खोजिरहेको संगिन आरोप पनि लगाएको छ । –एजेन्सी