काठमाण्डौ । प्रहरी हिरासतमा काला जातिका एक पुुरुषको निधनपछि अमेरिकामा सुुरुको भएको हिंसा रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्पले सेना परिचालन गर्ने धम्की दिएका छन्।

यदि सहर र राज्यहरुले आन्दोलनलाई नियन्त्रण गर्न असफल भए आफूले समस्या तीव्र निराकरणको जिम्मा सेनाले दिने ट्रम्पले चेतावनी दिएका छन्। अमेरिकाका जर्ज फ्लोयड नामक एक पुुरुषको प्रहरी हिरासतका क्रममा मृत्युु भएपछि अमेरिकामा गत साताबाट व्यापाक रुपमा सरकार विरोधी आन्दोलनहरु चर्किएका छन्। यस क्रममा मिसौरी राज्यमा आन्दोलनकारी चलाएको गोली लागेर चार प्रहरी घाइते बनेका छन्। 

ट्रम्पले ह्वाइट हाउसमा सम्बोधन गरिरहँदा ह्वासिङ्टन डीसीको पार्कमा भेला भएका आन्दोलनकारीलाई अश्रुुग्यास र रबर बुुलेटले प्रहरीले तितरवितर पारेको थियो। शान्तिपूर्ण आन्दोलनलाई दमन गरेको भनेर ट्रम्पको आलोचनासमेत भइरहेको छ। 

आन्दोलन नियन्त्रणभन्दा बाहिर जान थालेपछि अमेरिकाका विभिन्न मुुख्य सहरमा रात्रिकालीन कफ्र्युु लागू गरिएका छन्। न्युयोर्क सहरमा ५ बजेसम्मका लागि लकडाउन लगाइएको छ भने वासिङ्टन डीसीमा दुुई रातसम्मका लागि कफ्र्युु जारी गरिएको छ। 

न्युुयोर्कको एउटा डिपार्टमेन्ट स्टोरमा आन्दोलनकारीले तोडफोड गर्नुुका साथै नाइकिको स्टोरमा लुुटपाट समेत गरेका छन्। आन्दोलनकारीले सहरका अन्य पसल र स्टोरमा समेत क्षति पुुर्याएका छन्। 

आन्दोलनका क्रममा अमेरिकी प्रहरीले सयौँ आन्दोलनकारीलाई पक्राउ गरेको छ। मे २५ का दिन मिनियापोलिसमा एक जना गोरा जातिका प्रहरीले ४६ वर्षीय जर्ज फ्लोयड नामक पुुरुषलाई भुुइँमा सुुताएर घुँुडाले घाँटी च्यापेको भिडियो सार्वजनिक भएपछि अमेरिकामा आन्दोलन चर्किएको थियो। उक्त भिडियोमा ती पुुरुषले छोडिदन आग्रह गर्दै आफूलाई सास फेर्न गाह्रो परिरहेको भनेको सुुनिन्छ। ती प्रहरी अफिसरलाई हत्याको अभियोगमा मुुद्दा चलाइएको छ र अर्काे साता अदालतमा प्रस्तुुत गरिनेछ। घटनामा संलग्न अन्य तीनजना प्रहरीलाई समेत बर्खास्त गरिएको छ। 

राष्ट्रपति ट्रम्पले सम्पूर्ण अमेरिका जर्ज फ्लोयडको मृत्युुबाट दुुःखी भएको तर त्यसको नाममा देशमा अशान्ति, हिंसा र लुुटपाट स्वीकार गर्न नसकिने बताएका छन्। यदि त्यसो हुुन्छ भने हजारौँ सशस्त्र सेना सडकमा उत्तार्ने र यो सबै रोक्ने चेतावनी उनले दिएका छन्। – एजेन्सी