काठमाण्डौ । भारतपछि अब अमेरिकाले पनि टिकटकसँगै चिनियाँका अन्य सामाजिक सञ्जालका एपहरुमा प्रतिबन्ध लगाउने भएको छ।

फक्स न्युुजलाई अन्तर्वार्ता दिँदै अमेरिकी सरकारका सचिव माइक पोम्पिओले सरकारले यसबारे योजना बनाइरहेको जानकारी दिएका हुुन्। पोम्पिओले चिनियाँ एपहरुलाई प्रतिबन्ध गर्ने विषयमा आफूहरु गम्भीर रहेको सुनाए। अन्तर्वार्ताका क्रममा टिकटकलाई अमेरिकामा प्रतिबन्ध गर्ने वा नगर्ने भन्ने प्रश्नको उत्तर दिने क्रममा उनले अमेरिकाले यो विषयमा लामो समयदेखि काम गरिरहेको बताए। 

यसका साथै पोम्पिओले चीनका दुुई प्राविधिक कम्पनी हुुवावे र जेटटीईलाई समेत सुुरक्षाका कारणले बन्द गर्नुुपरेको स्पष्ट पारे। 

चीन र अमेरिकाबीचको विवादले नयाँ उचाइ हासिल गरिरहेकै बेला पोम्पिओको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो। चीन र अमेरिकाको विवाद व्यापारिक युुुद्धहँुुदै राष्ट्रिय सुुरक्षा र प्राविधिक क्षेत्रसम्म विस्तार भएको छ। 

चीनको स्टार्टअप बाइट डान्सको स्वामित्व रहेको टिकटकलाई अमेरिकाका राजनीतिज्ञहरुले देशको सुुरक्षाका लागि खतरा रहेको भन्दै निरन्तर रुपमा आलोचना गर्दै आइरहेका छन्। उनीहरुले यो एप चिनियाँ कम्युुुनिस्ट पार्टीको नियन्त्रणमा रहेको र कम्पनीलाई चिनियाँ गुुप्तचरसँग सहयोग र सहकार्य गर्न बाध्य पारिएको हुुन सक्ने आरोप लगाउँदै आइरहेका छन्। 

अमेरिकालगायतका पश्चिमा देशहरुमा टिकटक निकै लोकप्रिय बनेको छ। यो वर्षको पहिलो तीन महिनामा यो एप ३१५ मिलियन पटक डाउनलोड गरिएको थियो। कुुनै पनि त्रैमासमा यति धेरै परिणाममा डाउनलोड गरिएको यो पहिलो एप हो। – एजेन्सी