काठमाण्डौ । अमेरिकी डलरको भाउ ओरालो लाग्ने क्रम बिहीबार पनि जारी रह्यो । बुधबारको तुलनामा अमेरिकी डलरको भाउ करिब एक रुपैयाँले कमजोर बनेको हो । 
 

नेपाल राष्ट्रबैंकले जारी गरेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरीद मूल्य १०७ रुपैयाँ ८७ पैसा र बिक्री मूल्य १०८ रुपैयाँ ४७ पैसा छ । साताको पहिलो दिन आइतबार अमेरिकी डलरको मूल्य हालसम्मकै सर्वाधिक ११० रुपैयाँ २८ पैसा कायम भएको थियो । त्यसपछि डलरको भाउ लगातार ओरालो लागिरहेको छ । 
 

बुधबार चाहि एक अमेरिकी डलरको खरीद मूल्य १०८ रुपैयाँ ८३ पैसा र बिक्री मूल्य १०९ रुपैयाँ १३ पैसा रहेको थियो । मंगलबार अमेरिकी डलरको खरीद तथा बिक्री मूल्य क्रमशः १०९ रुपैयाँ १७ पैसा र १०९ रुपैयाँ ७७ पैसा तोकिएको थियो । सोमबार डलरको खरीद तथा बिक्री मूल्य १०९ रुपैयाँ  ५० पैसा र ११० रुपैयाँ १० पैसा तोकिएको थियो । यस्तै साताको पहिलो दिन आइतबार अमेरिकी डलरको खरीद तथा बिक्री मूल्य क्रमशः १०९ रुपैयाँ ६८ पैसा र ११० रुपैयाँ २८ पैसा तोकिएको थियो ।