काठमाण्डौ । एनएमबी बैंकलाई नेपाल राष्ट्रबैंकले अमेरिकी डलरमा विदेशबाट ऋण ल्याउने स्वीकृति प्रदान गरेको छ । 

योसँगै एनएमबी बैंक नेपाल राष्ट्र बैकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो नेपाली बैंक बन्ने भएको छ । 

बैकको क्षमता तथा योजनाको विश्लेषण गरीपछि नेपाल राष्ट्रबैंकले यो स्वीकृति प्रदान गरेको हो । 

गत अप्रिल २०१८ मा इन्टरनेशल फाइनान्स कर्पोरेसन(आइएफसी)का प्रतिनिधि मण्डलले एनएमबी बैकको भ्रमण गरी ऋणको कार्यान्वयन योजना तथा लगानी क्षेत्रहरुको गहन अध्ययन गरेका थिए । 

वित्तीय क्षेत्रमै पहिलोपटक एनएमबी बैकले नेपाल सरकारको बिकास नीति तथा कार्यक्रमहरुमा पर्ने क्षेत्रहरु जस्तै कृषि, उर्जा, पर्यटन, राष्ट्रिय राजमार्ग, बिद्युत प्रसारण लाईन, केवलकार, सुरुङ्गमार्ग, एयरपोर्ट, पुल, साना तथा मझौला ब्यवसाय, लघुवित्त गरी विभिन्न खाले आधारभूत संरचनाका क्षेत्रहरुमा वित्तीय लगानी गरेर देशकै अर्थतन्त्रमा साकारात्मक प्रभाब पार्ने उद्देश्यले काम गरिरहेको छ । 

साथै बैकले अन्य अन्तराष्ट्रिय वित्तीय संस्थाहरुबाट समेत यस्तै प्रकारका ऋण ल्याउन पहल समेत गरिरहेको जारी पे्रस विज्ञप्तिमा उल्लेख गरिएको छ  ।