अमेरिका  । डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपति पदका उम्मेद्वार हिलारी क्लिन्टनले अमेरिकी अर्थव्यवस्थाले अब रफ्तार पक्रिने बताएकी छिन् । 
उनका अनुसार यो रफ्तारको क्रममा यसको लाभ समाजका सबै वर्गले लिन पाउन् भन्ने कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ । 

हिलारीले एक चुनावी र्यालीमा भनेकी छिन्–‘केही शुभ खबर छ । हाम्रो अर्थतन्त्रले अघिल्लो महिना १.६१ लाख नयाँ रोजगारी सिर्जना गर्न सफल भयो । यो जब ग्रोथ लगातार ७३ औं महिनादेखि जारी छ । मेरो विचारमा हाम्रो अर्थव्यवस्थाले अब रफ्तार पक्रन लागेको छ ।’ 

६९ वर्षीया क्लिन्टन पेन्सीलेनियाको पिट्सबर्गमा आयोजित एक र्यालीलाई सम्बोधन गरिरहेकी थिइन् । आगामी हप्ताको राष्ट्रपतीय निर्वाचन हुनेछ र त्यसअघि यो अमेरिकी राज्य एक महत्वपूर्ण चुनावी अखडा बनेको छ ।