काठमाण्डौ । अर्थमन्त्रालयले बुुधबार पूूँजीबजारसँग सम्बन्धित निकायहरुलाई दिएको निर्देशन बमोजिम न्यूूनतम सेवाहरुलाई निरन्तरता दिने विषयले लकडाउनमा रहेका सेयर लगानीकर्ता, स्टक ब्रोकर, सेबोन, नेप्से र सिडिएससीका कर्मचारीहरुमा निकै ठूलो द्विविधा सिर्जना गरेको छ ।

‘विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सजग रहन र सतर्कता अपनाई बैंकिगं,बीमा धितोपत्र,कम्पनी दर्ता र बचत तथा ऋण परिचालनसम्ब सम्बन्धी न्यूूनतम सेवाहरुलाई सम्बन्धित निकायले निरन्तरता दिने । साथै कुुन कुुन सेवा कुुन कुुन क्षेत्रबाट दिने हो सो को सञ्चारमाध्यबाट सेवाग्राहीलाई जानकारी गराउने।’–अर्थमन्त्रालयले दिएको निर्देशनमा उल्लेख छ ।

हावाबाट र सामाजिक सम्पर्कबाट तीव्र रुपमा फैलिने कोरोना भाइरसको संक्रमणबाट बच्न आम नागरिकहरुले सरकारले लागूू गरेको लकडाउनको पूूर्ण परिपालना गर्दै होम क्वारेन्टाइन र सेल्फ क्वारेन्टाइनमा समय बिताइरहेका छन् । यही बेला सेयर कारोबार खुलाउने आशयको निर्देशन अर्थमन्त्रालयबाट आएको भन्दै सामाजिक सञ्जालमा सेयर लगानीकर्ताहरुले तीव्र विरोध गरिरहेका छन् । 

धितोपत्र बोर्डले चैत १७ गतेसम्म कानूनले दिएको अधिकार प्रयोग गरी ५ कार्यदिनसम्म बजार बन्दको निर्णय गरिसकेको छ । सोही निर्णय कार्यान्वयनका लागि अहिले दोश्रो बजार कारोबार ठप्प छ । तर, अर्थमन्त्रालयको निर्देशनपछि आगामी मंगलबारदेखि पूूूँजीबजार सुुचारु हुुने धेरैको बुझाई छ । तर बजारका भेटेरान लगानीकर्ता तथा नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिकाप्रसाद पौडेलको भने अर्थको निर्देशनको विषयमा फरक बुझाई रहेको छ । 

पौडेल हिजो आएको निर्देशन गहिरिएर अध्ययन गर्न सुुझाउँछन् । पूूँजीबजारसँग सम्बन्धित निकायहरुले ताला लगाएर बस्न नहुुने आशयको निर्देशन स्वभाविक र औचित्यपूूर्ण रहेको उनको दाबी छ । 

निर्देशनमा प्रयोग भएको ‘न्यूूनतम’ भन्ने शब्दले दोस्रो बजार खुुला गरेर ५० ब्रोकर र १७ लाख लगानीकर्ता सक्रिय हुने आशय नबोक्ने उनको जिकिर छ । 

‘हाल नबिल बैंकको ऋणपत्र खुुला छ र त्यसैगरी नेपाल पुुर्नबीमा कम्पनीको आइपीओ बाँडफाँड हुुने संघारमा रहेको छ । हो यस्तै किसिमका आधारभूूत र न्यूूनतम सेवाहरु प्रदान गर्नका लागि चाहि सम्बन्धित निकाय खोल्नुपर्छ भन्ने सो निर्देशनको आशय देखिन्छ ।’पौडेलले बिजशालासँग भने–‘अन्तरनिकाय समन्वय र निर्देशनका लागि खुला हुुने हो भन्ने मेरो बुुझाइ हो । लगानीकर्ताहरुका लागि प्याकेज घोषणा गर्न पनि त ती निकायहरु खुल्नुपर्यो नि, होइन र ?’

हिजोको निर्देशनले दोस्रो बजारको कारोबार खुलाउनैपर्छ नभनेको दाबी गर्दै हिजोआज सेयर कारोबार भौतिक रुपमा उपस्थित भएरै सम्पन्न हुुने भएकाले बजार खोल्न असम्भव भएको उनको ठम्याइ छ ।