काठमाण्डौ । समुन्द्रमाथि बनेको यो भव्य महल तथा संरचनालाई हेर्दा सुरुमा लाग्नसक्छ यो कसैको मीठो कल्पनाबाट जन्मिएको ग्राफिक्स डिजाइन होला । तर, यी तस्विरहरु वास्तविकता हुन् । यी तस्विरहरु हुन युनाइटेड अरब इमिरेट्स(यूूएई)को राजधानी अबुधाबीमा बनाइएको नयाँ म्युुजियमको, जुन फ्रान्स र युुएईबीचमा भएको १.१ अर्ब डलरको सम्झौताको एक हिस्सा हो । यो भव्य संरचना र यसमा रहेका कलाकृति यस्ता छन्, जसमा तपाई घण्टौ भुलिन सक्नुुहुन्छ । 

यो म्युजियमको खास विशेषता भनेकै यसको आर्किटेक्चर हो, जसलाई फ्रान्सको चर्चित आर्किटेक्ट जीन नोवेलले डिजाइन गरेको हो । यसलाई अरब वल्र्डको पहिलो वैश्विक म्युजियमको रुपमा प्रचार गर्न थालिएको छ । खासमा यसको नाम The Louvre Abu Dhabi  राखिएको छ । यो विश्वको सबैभन्दा ठूलो म्यूजियम हो । 

हेर्नुुहोस् अति सुन्दर र भव्य म्युुजियमका केही खास तस्विरहरु: