काठमाण्डौ । देशका अधिकांश उद्योगी र व्यवसायी पैसाको पछि छन् । कसरी पैसा कमाउने भन्ने ध्याउन्नमा रहने अधिकांश भन्दा फरक र अचम्मको स्वभाव भएका चर्चित उद्योगी तथा कवि बसन्त चौधरी चाहि यस बेला विदेशमा छन्, पैसा कमाउन वा उद्योग विस्तार गर्न होइन, नेपाली साहित्य, भाषा र कला प्रवद्र्धनका लागि केही वर्षअघिदेखि सुरु गरेको आफ्नो एकल विश्व काव्ययात्राको नयाँ श्रृंखला मञ्चन गर्न । 

उनी सफल उद्योगी मात्र होइनन्, नेपाली साहित्यको प्रवद्र्धनका लागि ज्यानै दिन तयार हुने र नेपालमा स्थापित कवि तथा गीतकार पनि हुन् । यही कारण यसबेला कवि तथा गीतकारको रुपमा बसन्त चौधरी विश्वका नेपालीमाझ गुञ्जिरहेका छन् । 

यही क्रममा कवि चौधरीले आफ्ना प्रेमिल र देशप्रेमले ओतप्रोत सिर्जनाहरुको प्रस्तुतीबाट यो पटक अष्ट्रेलियाको सिड्नी र मेलवर्न तताए । 

शनिवार कवि चौधरी आफ्ना सिर्जनामार्फत अष्ट्रेलियाको सिड्नीमा त्यहाँका नेपालीमाझ पोखिए । अष्ट्रेलियामा एकै खाले कार्यक्रम हेर्दा हेर्दा वाक्क बनेका नेपालीभाषीहरुमाझ चौधरीको विश्व काव्ययात्राको नयाँ श्रृंखला मञ्चन भएको हो । सिड्नीको कार्यक्रम हलमा बसन्तले आफ्नो प्रस्तुती यसरी पोखिदिए :

आधा उमेर आफ्नो सपना छरेको छु,
कुन्नि कति फलेको छु, कति झरेको छु ।

त्यसो त जीवनयात्रा मरुभूमि भैंm थियो,
सपनामा चाँहि धेरै, खोला तरेको छु ।

अनगिन्ति सास त हो फेरेँ उमेर भरी
थाहा छैन आपैmभित्र म, कतिको मरेको छु ।

चाहना सुनामीभित्र डुब्दै गईरहेँ म
गन्तव्य खै कहाँ छ, छालमै परेको छु ।

कस्तो छ क्षण यो कस्तो यसमा म खै जिएको
तर मर्न निम्ति जीउने, बाचा गरेको छु ।

चौधरीको साधारण शब्दभित्रका शक्तिशाली भावले माहौल ततायो, तालिको बर्षा भयो हलमा । एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल भन्दै थिए –‘मन छुने साहित्यिक प्रस्तुतीले आनन्द आयो ।’ एनआरएन आईसीसी सदस्य बालचन्द्र भट्टराईले थपे–‘समसामयिक विषयका तिख्खर मायाका कविता समेटिएको यस्तो साहित्यिक कार्यक्रमले वास्तवमा नै नौलो अनुभूत गरायो ।’

स्वयम् कवि चौधरी पनि एकल प्रस्तुतिमा सिड्नीबासीमाझ आफ्ना कला पस्कन पाउँदा उत्साहित देखिन्थे । उनले भने–‘म तपाईहरूको माया र स्नेहले नै सिर्जनाका शब्दहरू बुन्ने गर्छु ।’

कामको चटारोमा हुने अष्ट्रेलिया जस्तो व्यस्त ठाउँमा यति धेरै चासो लिएर दर्शकश्रोता उपस्थित हुनु त्यहाँका नेपालीहरूको कवि बसन्त चौधरीको कविताप्रतिको सम्मोहन भएको अष्ट्रेलियामा बसोबास गर्दै आएका साहित्यकार निष्प्रभ सजीले बताए । 

नेपाली भाषा, साहित्य र संस्कृतिलाई प्रवासी नेपालीबीच जीवन्त राख्ने अभिप्रायले विश्व काव्ययात्रा प्रारम्भ भएको कवि चौधरीले प्रष्टीकरण दिए । 

सिड्नीमा शनिबार चौधरीको कबिता सुन्न स्थानीय साहित्यप्रेमी लगायत समाजसेवीहरुको घुइँचो लागेको थियो । प्रारम्भमा न्यू साउथवेल्स राज्यका महाबाणिज्यदूत दिपक खड्काले कवि, उद्योगपति बसन्त चौधरीलाई खादा र मालाले स्वागत तथा सम्मान गरेका थिए ।

‘अष्ट्रेलियाको सिड्नीस्थित प्रवासी नेपालीहरूद्वारा सञ्चालित ‘साताको साहित्य डट कम’ आयोजक रहेको उक्त काव्यिक कार्यक्रम कवि÷गीतकार चौधरीको १७ औं श्रृङ्खला थियो । 

कार्यक्रममा सिड्नीमा रहेका समीर आचार्य, सुजाता उपाध्याय मानन्धर र सञ्जीव पराजुलीले आफ्ना सुमधुर स्वर मार्फत् कवि/गीतकार चौधरीका गीतहरू प्रस्तुुत गरेका थिए । 

एकल विश्व काब्ययात्राको सिड्नी श्रृंखला सकिए लगत्तै चौधरी नेपालीहरूको बाक्लो उपस्थिति रहेको अष्ट्रेलियाको अर्को ठूलो सहर मेलवर्न हुँइकिए र त्यहाँका दर्शकश्रोतामाझ पनि पोखिए, बाँडिए । 

गत असार १० गते शुक्रबार भने कवि चौधरी र चर्चित १० अष्ट्रेलियन कविहरूबीच नेपाल–अष्ट्रेलिया काब्यिक अन्तक्र्रिया भएको थियो, जसमा अङ्ग्रेजीमा अनूदित बसन्तका केही कविताहरूले प्रतिनिधित्व गरेका थिए । असार १२ गते आइतबार अष्ट्रेलियाको मेलवर्नस्थित थर्नबरी नाट्य मञ्चमा नेपाली सोसाइटी, ल्याङ्ग्वेज एण्ड कल्चर(सोलाङ्चर)को आयोजनामा कवि÷गीतकार चौधरीको विश्व काव्य यात्राको १८ औं श्रृङ्खला प्रस्तुत गरियो । दुवै कार्यक्रममा कवि चौधरीले आफ्ना नवीनतम् र केहि चर्चित पुराना गरी डेढ दर्जन काव्यिक बान्कीहरू प्रस्तुत गरे भने त्यसै अवसरमा मेलवर्नमा रहेकी स्मृति पोखरेलले कवि चौधरीका चर्चित गीतहरू गाएकी थिइन् ।

स्थानीय साहित्यकारहरूका अनुसार कुनै पनि नेपाली काव्यगोष्ठीमा यति धेरै दर्शक उपस्थित भएको यो पहिलो अवसर  थियो । सधँै कामको चटारोमा हुने अष्ट्रेलिया जस्तो व्यस्त ठाउँमा यति धेरै चासो लिएर दर्शकश्रोता उपस्थित हुनु त्यहाँका नेपालीहरूको कवि बसन्त चौधरीको कविताप्रतिको सम्मोहन भएको अष्ट्रेलियामा बसोबास गर्दै आएका साहित्यकार निष्प्रभ सजीले बताए । 

कवि तथा गीतकार चौधरीको विश्व काव्य यात्राको १७ र १८ औं श्रृंखलाको थप तस्विर हेर्न तलका फोटोहरुमा डबल क्लिक गर्नुहोला ।