काठमाण्डौ । विश्वको जोकोही व्यक्ति करोडपति बन्न चाहन्छ । तर, चाहनेजति सबै करोडपति बन्न सक्दैनन्, त्यसको एउटा कारण हो मानिसहरु जीवनभरि अर्काका लागि काम गर्छन वा काम गर्न रुचाउँछन् । तर, अरु व्यक्तिहरुका लागि काम गरेर समेत करोडपति बन्न सकिन्छ । हामी आज एजेन्सीहरुको सहयोगमा यस्तै ६ उपाय बताउन गइरहेका छौ, जसको माध्यमबाट तपाईको करोडपति बन्ने सपना सहजै साकार हुनेछ । 

१.साइड विजिनेश सुरु गर्नुहोस्
तपाईको आफ्नो ड्यूटी आवर सकिएपछि बचेको समयमा केही न केही साइड विजिनेश गरेर अतिरिक्त आम्दानी गर्न सक्नुुहुन्छ । इन्टरनेटको दुनियाँमा अनलाइनमै बसेर वा अनलाइनसँग सम्बन्धित काम गरेरै पनि कुस्त कमाउने प्रशस्त अवसरहरु छन् । जुन फिल्डमा तपाईको लगाव छ, त्यहीसँग सम्बन्धित विजिनेश पार्टटाइमको रुपमा सुरु गर्न सक्नुुहुन्छ । यस्तो गर्दा जागिर र आफ्नो साइड विजिनेशबाट समेत आम्दानी भई तपाईंको आर्थिकस्तर स्थिर र मजबुत बन्नेछ । 

२.स्टक अप्सन छनौट गर्नुहोस्
जागिर खाने सिलसिलामा पछिल्लो समय कतिपय कम्पनीले तपाईले थोरै तलब र धेरै त्यही कम्पनीको सेयर तथा बोनस अफर गर्छन् । यस्तो खालको अफर स्टार्टअप कम्पनीमा बढी प्राप्त हुन्छ । तपाईले यस्तो अफरलाई चुकाउनुुहुन्न । क्षमतावान कर्मचारीको उम्मेद्वार यस्ता कम्पनीको सेयर पाउने अवसरलाई छनौट गरी रातारात करोडपति भएका कयौं उदाहरण देश विदेशमा छन् । तपाईले पनि यही शैली अपनाउनुुभयो भने आगामी दिनमा करोडपति बन्ने पक्का छ । 

३.खर्चमा कटौति गर्नुहोस्
तपाईले जति थोरै खर्च गर्नुभयो, उति नै बढी पैसा तपाईको बैंक खातामा जम्मा हुँदै जान्छ । धेरै खर्च गर्न थाल्नुुभयो भने तपाईले बचत गर्न सक्नुुहुन्न । विश्वका अधिकांश धनी मानिस आफ्नो आवश्यकताको हिसाबले मात्र खर्च गरिरहेका छन्, उनीहरु अनावश्यक खर्च गर्नबाट सधैं जोगिन्छन् । यदि तपाई सानो घरमा बस्नुुहुन्छ र सामान्य बाइक नै प्रयोग गर्नुहुन्छ भने पनि यसले तपाईलाई कुनै नकारात्मक प्रभाव पार्दैन, कारण कम्तीमा तपाईको खर्च कम हुन्छ र बचत ज्यादा हुन्छ । तर, कोही कोही मानिस मोटरसाइकल हुँदा हुँदा सौख पूरा गर्नैका लागि महंगो कार खरीद गर्छन्, उस्तै मोवाइल खरीद गर्छन । एकतले बस्न लायक घर हुँदा हुँदै देखासिकी गर्दै तला थप्छन् र भविष्यका लागि लगानी गर्नुपर्ने रकम अचल सम्पत्तिमा खन्याइदिने गल्ती गर्छन् । आजको दुनियाँमा सामान्य चार कोठाको एकतला बनाउँदा ३० लाख बढी खर्च हुन्छ । यति ठूलो खर्च गरेर तला थपी आफू माथिल्लो तलामा सरेर तल्लो तला बढीमा १५ हजारमा मासिक भाडा लगाउँछन् । ३० लाख लगानी गरेर मासिक १५ हजारको रिटर्नमा चित्त बुुझाउने काम नै गलत रहेको विज्ञ बताउँछन् । अहिलेको बैंक रेटमा ३० लाख मुद्धती खातामा जम्मा गरिदिने हो भने वार्षिक न्यूनतम आरामले ३ लाख ब्याज प्राप्त हुन्छ । तर, हामी १ लाख ८० हजार भाडामा चित्त बुुझाउन बानी परेका छौ । 

४.बुुझेर मात्र लगानी गर्नुहोस् 
हिजोआज सेयर बजार अतिरिक्त आम्दानीको राम्रो माध्यम बनेको छ । राम्रो कम्पनीको सेयरमा लगानी गरेर तपाईले अर्काको काम गर्दा गर्दै राम्रो पैसा कमाउन सक्नुुहुन्छ । सेयर बजारको बिषयमा राम्रो ज्ञान छैन भने विज्ञहरुको सल्लाह लिन सक्नुुहुन्छ र त्यसको आधारमा आफ्नो आर्थिक लक्ष्य चुम्न सक्नुुहुन्छ । जब तपाईको आम्दानी बढ्न थाल्छ, त्यसपछि रियल स्टेटमा समेत लगानी गरेर थप आम्दानी गर्न सकिन्छ । 

५.विजिनेशलाई टेकओभर गर्नुहोस्
कतिपय बिजिनेशका मालिक रिटायर्ड हुन्छन् वा अन्य कुनै विजिनेशमा सर्ने गर्छन । यस्तो बेलामा तपाईको भाग्य चम्किन सक्छ । यो कसरी होला भनेर सोचिरहनुुभएको होला । तपाईले वर्षौ जुन विजिनेशमा रहेर काम गरिरहनुुभएको छ, त्यो विजिनेशको बिषयमा तपाईलाई जत्ति ज्ञान अरुलाई हुनसक्दैन । त्यही अनुुभवले म पनि राम्रोसँग त्यस्तै कम्पनी चलाउन सक्छुु भन्ने आँट तपाईमा पनि आउनसक्छ । यदि तपाई भरोसायोग्य हुनुुहुन्छ भने विजिनेश चलाइरहेको मालिक रिटायर्ड भएपछि वा अन्त कुनै क्षेत्रमा सरेपछि बाँकी विजिनेश ह्याण्डल गर्ने गहन जिम्मेवारी तपाईले पाउन सक्नुुहुन्छ । 

६. विजिनेश पार्टनर बन्नुहोस्
करोडपति बन्नका लागि पहिलो तरिका हो, कुनै एक विजिनेशलाई पार्टनरसीपमा सुरु गर्ने वा कुनै विजिनेशमा पार्टनर बन्ने । धेरैजसो विजिनेशम्यानहरु समेत सुरुवातमा कि त पार्टनरसिपमा विजिनेश सुरु गर्छन् वा आफैं एक्लैले पनि सुरु गरेका हुन्छन् । आफ्नो विजिनेश बढाउनका लागि नयाँ आइडिया लगाएर काम थाल्नुुहोस् । यदि तपाईलाई आफूसँग कुनै विजिनेश गर्ने क्षमता छ भन्ने लाग्छ भने आफ्नै विजिनेशको सुरुवात गर्न ढिला नगर्नुहोस् । विजिनेश बढेसँगै तपाईको आम्दानी बढ्नेछ र यही क्रम बढ्दै जाँदा तपाई हेर्दा हेर्दै करोडपति बन्नुुहुनेछ ।