भारतीय स्वास्थ्यमन्त्री हर्षवर्धनले आगामी महिनाको शुरुतिर कोरोनाभाइरस विरुद्धको खोप आउने आशा व्यक्त गर्नुभएको छ । उहाँले बिहीबार भन्नुभएको छ– आगामी वर्ष सन् २०२१ को शुरुतिर नै यो खोप हामीले प्राप्त गर्ने धेरै सम्भावना रहेको छ ।
 
यस कार्यका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले निकै नै लगावका साथ काम गर्नुभएको र यस कार्यका लागि उहाँले निकै शुक्ष्म रुपमा निगरानी गरिरहेको जानकारी दिनुभएको छ । 

बिहीबार उहाँले अर्काे वर्षको शुरुआतदेखि नै भारतमा पनि यो खोप प्राप्त हुने र  देशभरि नै खोप वितरण गर्न सकिने सम्भावना रहेको जानकारी दिनुभएको हो । 

उहाँले विश्वका अरु देशहरुले जस्तै भारतले पनि खोप निर्माणको काममा निकै प्रयास गरिरहेकोले आगामी वर्षको शुरु तिरबाटै यो खोप भारतमा उपलब्ध हुनसक्ने जानकारी दिनुभयो । 

उहाँले सन् २०२० को अन्त्यसम्ममा खोप वितरणको अपेक्षा विश्वका नागरिकले दिएको भए पनि तर त्यो सम्भव हुन नसकेको पनि उहाँले बताउनुभयो । 

-ANI