काठमाण्डौ । एसियाली सेयर बजार बिहीबार पहिलोपटक दुई महिनायताकै उच्च विन्दुमा पुगेको छ।

विश्व महामारी कोरोनाभाइरसबाट अर्थतन्त्र उकास्न तथा लगानीकर्ताहरुको मनोबल बढाउन विभिन्न देशका सरकारहरुले राहात प्याकेजहरु ल्याउने आशा बढेसँगै एसियाली सेयरबजारमा पनि उछाल आएको हो। जापानबाहेकको एसिया प्रशान्त सेयरहरुको इन्डेक्स एमएससीआईमा ०.४३ प्रतिशतको बढोत्तरी भएको छ। जुन गत मार्च ९ यताकै उच्च हो।

त्यस्तै अर्थतन्त्रमा सुधार र निर्माण क्षेत्रको उन्नतिका लागि सरकारले चौथो राहात प्याकेज सार्वजनिक गरेसँगै अस्ट्रेलियाली सेयरमा ०.९३ प्रतिशतको उछाल आएको छ। चीन र अमेरिकाबीचको कूटनीतिक तनावका कारण चिनियाँ सेयर बजारमा तलमाथि भइरहेको छ भने यूएच स्टक फिचर्समा ०.१५ प्रतिशतको गिरावट आएको छ। 

अमेरिकाले चिनियाँ उडानमा प्रतिबन्ध लगाउने भनेपछि चिनियाँ एयरलाइन्स कम्पनीका सेयरहरु पनि घटेको छ। उता नयाँ राष्ट्रिय सुरक्षा विधेयकका विषयमा उत्पन्न तनावका कारण हङकङको स्टक मार्केटमा ०.११ प्रतिशतको गिरावट देखिएको छ। 

यद्यपि समग्रमा एसिया र जापनिज सेयर बजारहरु ०.४१ प्रतिशतले र दक्षिण कोरियाली सेयर बजारमा ०.२८ को बढोत्तरी देखिएको छ। 

उता युरो स्टक्स–५० फिचर्स ०.०३, जर्मन डीएएक्स फिचर्स ०.१७ र एफटीएसई फिचर्स ०.१ प्रतिशतले घटेको छ। – एजेन्सी