काठमाण्डौ । तपाईले विदेशमा जोडी जुराइदिने व्यवसाय संचालन गरेका कम्पनी वा त्यस्ता वेबसाइटको बिषयमा त सुन्नुुभएकै होला । नेपालमा समेत यस्तो प्रयास बेला–बेलामा भए पनि यस्तो व्यवसाय सामाजिक परिवेशका कारण सफल भएको छैन । तर, ब्रिटेनकी एक युवती लारा एस्प्रेलाई धेरै हाइप्रोफाइलहरुलाई पार्टनर जुराइदिने व्यक्तिको रुपमा संसारले चिन्छन् । उनले अधिकांश अर्बपतिहरुलाई चाहेको बेलामा जोडी जुराइदिने काम गर्छिन् । उनको वेबसाइटको नाम एस्प्रे इन्टोरडक्सन हो । ३४ वर्षकी लाराका अधिकांश क्लाइन्ट ५० वर्षभन्दा माथिका पुरुष तथा महिलाहरु छन् । 

लाराको यो वेबसाइटले केबल धनाढ्यहरुको सम्बन्ध मात्र गाँसिदिंदैन, बरु अर्बपतिहरुलाई जोडी जुराइदिएर डेटिङ र मिटिङको समेत प्रबन्ध गरिदिन्छ । क्लाइन्टलाई ड्रेसिङदेखि लिएर कुराकानीको सही तरिका समेत सिकाइन्छ । अर्बपतिहरुको जोडी खोजिदिने एस्प्रे इन्टोरडक्सनको सदस्यता फिस कति छ र लाराको क्लाइन्टको लिस्ट कति लामो होला ? हेरौं:

लाराको क्लाइन्ट बन्न कति पैसा तिर्नुपर्छ ?
एस्प्रे इन्टोडक्सन्सको सदस्यता शुल्क ९००० पाउण्ड, अर्थात करिब १३ लाख रुपैयाँ रहेको छ । यो फिस ६ महिनासम्मका लागि हो । तर, तपाईसँग यति धेरै पैसा छैन भने तपाईले लारा एस्प्रेको पश्चिम लण्डनमा हुने डेटिङ इभेन्टमा केवल ३५ पाउण्ट(करिब ५ हजार रुपैयाँ) तिरेर सहभागिता जनाउन सक्नुुहुनेछ ।

कति मानिस छन् क्लाइन्ट ?
डेली मेलले प्रकाशित गरेको एक रिपोर्टका अनुसार लारा एस्प्रेको लिटिल ब्ल्याक बुकमा लगभग २ हजार बढी मानिसको नाम समेटिएको छ, जसको उमेर १९ वर्षदेखि ७५ वर्षसम्म रहेको छ । 

तर, यसबाहेक एक विशेष सूचि रहेको छ । जसमा अर्बपति र करोडपतिहरु मात्र छन् । यो सूचिमा समावेश अर्बपतिहरुको उमेर ४० देखि ५० वर्षको बीचमा छ । यी मानिस राम्रो साथी पाउन पैसाको खोलो नै बगाउन समेत तयार रहन्छन् ।

को–को छन् क्लाइन्ट ?
लारा एस्प्रेको क्लाइन्टमा अभिनेता तथा अभिनेत्री, विजिनेशम्यान, मोडलहरु, अर्बपतिदेखि लिएर खेलकूदमा अब्बल ठानिएका स्थापित व्यक्तित्वहरु समेत छन् । यस अलावा बैंकर्स, म्यानेजर्स, सीइओहरु, सरकारी कर्मचारी लगायत समेत क्लाइन्ट छन् । 

डेटिङका लागि समेत यस्तो सेवा
लाराको टिमले धनाढ्यहरुका लागि जोडी मात्र खोज्ने काम गर्दैन । उनीहरुसँग भेटघाटका क्रममा लगाउनुुपर्ने पोशाक र बोलीचालीको लवज तथा शैलीको बिषयमा समेत प्रशिक्षण दिन्छ । आफ्ना क्लाइन्टका लागि उपलब्ध जोडीहरुलाई स्टाइलिस जीवनशैलीको बिषयमा विशेष तालिम नै दिने गरिएको लाराले डेली मेललाई बताएकी छिन् । त्यतिमात्र होइन, कम्पनीले मानिसहरुका लागि फोटोसुट गरिदिन व्यवसायिक फोटोग्राफर पनि उपलब्ध गराइदिने गर्छ ।