काठमाण्डौ । चीनको इकमर्स कम्पनी अलीबाबाले आफ्नो सिंगल्स डेमा सामान बिक्रीको अघिल्लो वर्षको आफ्नै सबै रेकर्ड तोडिदिएको छ । नोभेम्बर ११ को सिंगल्स सेल्स डेको दिउँसोसम्म मात्र यो कम्पनीले २४.३ अर्ब डलरको उचाईमा पुग्यो । सिंगल्स डे कम्पनीको वार्षिक खरिदारी सेल हो, जुन आइतबार भएको थियो । 

अलीबाबा समूहको विभिन्न खरिदारी प्लेटफर्ममा खरीदबिक्री सुरु भएको  २ मिनेट पाँच सेकेण्डमै १० अर्ब युआन(१.४४ अर्ब डलर)को बिक्रीको नयाँ रेकर्ड बनाएको छ । 

अलीबाबा समूहको हंगकंगस्थित साउथ चाइना मर्निंग पोस्टको खबरअनुसार खरीदबिक्रीको २४ घण्टा समय सकिन ८ घण्टा मात्र बाँकी छँदा नै कम्पनीले अघिल्लो वर्षको सबै रेकर्ड तोडिदिएको छ । 

आइतबार दिउँसोसम्म नै यो कम्पनीको विभिन्न प्लेटफर्ममा २४.३ अर्ब डलर राशि खर्च गरिएको छ । जबकि अघिल्लो वर्ष कम्पनीको सबै मञ्चमा २५.३ अर्ब डलरको कारोबार भएको थियो ।