काठमाण्डौ । अल्का अस्पतालले विश्व मधुमेह दिवसका अवसरका विहिबार निLशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।

विहान साढे ९ बजेबाट सुरु भएको शिविर अपरान्ह ४ बजेसम्म चल्नेछ। अस्पताल र काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टरको संयुक्त आयोजनामा शिविर हुन लागेको हो।

शिविरको मुख्य विशेषता भनेको र्याण्डम ब्लड सुगर, एचबिएवान सी, ७ दिनदेखि १० दिन सम्मका लागि निशुल्क औषधि बितरण र  २८ दिनभित्र एक पल्ट निशुल्क फलोअप हो।

शिविर आयोजना अघि अल्का अस्पतालले सचेतनामुलुक र्याली निकालेको छ। र्याली अल्का अस्पतालबाट जावलाखेल चोक हुदैँ कुमारीपाटी, लगनखेल, मंगलबजार, पुल्चोक हुदैँ पुन अस्पताल परिसरमा नै आएर टुंगिएको थियो।