काठमाण्डौ । अवकाशपछिको जीवन सहजताका साथ बिताउन कति रकम आवश्यक पर्ला ? यो प्रश्नले प्रायः सबैको मस्तिष्कमा जरा गाडेको हुन्छ ।

उसो त यो प्रश्नको उत्तर पहिल्याउन मुश्किल छ । तर तपाइँको हालको मासिक आवश्यकताबाट मोटामोटी रुपमा यसको अनुमान लगाउन सकिन्छ । हामी सबैको चाहना हुन्छ कि अवकासपछिको जीवन सहज र पैसाको अभाव विना बितोस् ।

मानौँ कि औसत रुपमा तपाइँको हालको मासिक खर्च ५० हजार रुपैयाँ छ र तपाइँको अवकास जीवन ३० वर्षपछि सुरु हुन्छ भने मोटामोटी रुपमा ५० हजार रुपैयाँलाई ३६० महिना (३० वर्ष) ले गुणान गर्नुहोस् । यसले तपाइँलाई सेवानिवृत्तपछि १ करोड ८० लाख रुपैयाँ आवश्यक पर्न आउँछ ।

यस्तोमा तपाइँलाई लाग्न सक्ला कि यसमा महँगीलाई ध्यान दिइएन भनेर । उसो त यहाँ तपाइँसमक्ष सञ्चित पुँजीका बारेमा पनि त केही उल्लेख गरिएको छैन । त्यो १ करोड ८० लाख रुपैयाँ एकैपटक खर्च गर्न पनि होइन नि । प्रत्येक महिना यसको एक हिस्सा प्रयोग गरिन्छ र अरु बाँकी लगानी भइरहन्छ । जसले गर्दा त्यसमा निरन्तर रुपमा बढोत्तरी भइरहन्छ । यहाँ यदि लगानीबाट आउने प्रतिफल महँगाइभन्दा बढी छ भने महँगाइको कुरा बीचमा ल्याउन नखोजिएको मात्रै हो ।

यहाँ मुख्य समस्या फन्ड होइन कि अवकास योजना हो । यदि तपाइँको बचत राम्रो छ र तपाइँले त्यसलाई नचलाइकन राख्नुभयो भने पछि मोटो रकम हातमा हुन्छ । अवकास योजनाको कुरा गर्दा मुख्य रुपमा तीनवटा चुनौतीहरु अगाडि आउछन् :

पहिलो : के तपाइँको पैसा फास्ट भ्यालु ग्रोथ वाला लगानीको विकल्पमा लगाइएको छ ?

दोस्रो : के अवकासपछि तपाइँको यति आमदानी हुन्छ कि तपाइँको जीवन आरामले बित्न सक्छ ? 

तेस्रो : के तपाइँले गर्ने खर्च र लगानीबीच सन्तुलन छ त ?

सबैभन्दा पहिले हामी अवकासपछि आवश्यक रकमको बचतबारे सोच्ने गर्छौं । हामीमध्ये धैरैलाई सञ्चय कोषमा गरिने लगानीलाई उपयुक्त लाग्छ । यसमा सबैभन्दा उपयुक्त माध्यम भनेको इम्प्लोएर कन्ट्रिब्युसनवाला हो । जब तपाइँको योगदान जत्तिकै पैसा रोजगारदाताले पनि लगानी गरिदिन्छ तब तपाइँको लगानी बढ्न पुग्छ । यसमा सबैभन्दा ठूलो समस्या भनेको लङ टर्म इन्भेस्टमेन्ट हो । जसमा लगानी गरिएको पैसा समयअनुसार बढ्नुपर्ने हुन्छ तर गल्तीले यसको ‘कोरपस इन्कम एसेस्ट’ किन्नमा लगानी गरिन्छ । जसले गर्दा सीमित प्रतिफल मात्रै पाइन्छ । जोखिम र विविधीकरणलाई लिएर आममानिसबीच रहेको गलत सोचाइका कारण यो लगानीको उद्देश्य र यसका तौरतरिकाबीचको  भिन्नतासँग जोडिएका समस्याहरुलाई हटाउन सकिएको छैन ।

दोस्रो प्रश्न भनेको अवकासपछिको जीवनका लागि कति आम्दानी आवश्यक पर्छ भन्ने हो । प्रायजसो मानिसमा अवकासपछिको जीवन भनेको हात बाँधेर खर्च मात्रै गर्ने हो भन्ने गलत बुझाइ छ । तर खर्च नियन्त्रण गर्नका लागि योजनाको खाँचो भने पर्छ । घरभाडा बचाउन घर किन्ने योजना अवकासप्राप्त व्यक्तिका लागि राम्रो योजना हुन सक्छ । तर त्यो घर सञ्चालन गर्न कतिसम्म खर्च गर्ने भन्ने कुरा ती व्यक्तिमा भर पर्ने कुरा हो । 

अवकासपछि तपाइँको खर्च गर्ने तरिका र क्षेत्र परिर्वन हुने गर्दछ । तपाइँको खर्च नौलो रुचिको क्षेत्रमा हुन सक्छ । घुमफिर, मद्यपान, दानदक्षिणामा पनि हुन सक्छ । त्यसैले यो सबैको हिसाबकिताब निकाल्न गाह्रो छ । कुनै खर्च त अप्रत्यासित रुपमा नै गर्नुपर्ने हुन सक्छ । तपाइँहरुमध्ये धेरैजना बजेटिङ र प्लानिङसँग अभ्यस्त हुनुहँुदैन होला र तपाइँलाई सधैँ पैसाको अभाव पर्छ कि भन्ने कुराले पिरोलिरहन्छ होला । त्यसैले तेस्रो प्रश्न यसै विषयसँग जोडिएको छ । अर्थात् खर्च गर्ने तरिकालाई कसरी सीमित गर्न सकिन्छ ।

अवकास योजनासँग जोडिएको तेस्रो प्रश्न सबैभन्दा डरलाग्दो हुने गर्दछ ।  हामी सबैलाई लाग्न सक्छ कि अवकासपछिको जीवनका लागि सञ्चय गरेर राखेको पैसा बीचमै सिद्धिन्छ कि भनेर । धैरैलाई लाग्न सक्छ कि बैंकमा एकमुस्ट मोटो रकम जम्मा गरेपछि त्यसको ब्याजले पूरै जिन्दगी आरामले गुजार्न सकिन्छ भनेर । तर यसका पनि तीनवटा बेफाइदा छन् । 

पहिलो : तीस वर्षे लगानीबाट सञ्चित पुँजी बढ्दैन । त्यो स्थिर रहिरहन्छ । त्यही भएर यति लामो समयसम्मको लगानीका लागि राम्रो विकल्प चाहिन्छ ।

दोस्रो : तपाइँ ब्याज प्रयोग गर्नुहुन्छ र साँवालाई नचलाई राख्नुहुन्छ, जुन राम्रो लगानीको उपयुक्त तरिका होइन ।

तेस्रो : सबै रकम एकैपटक खर्च गरिँदैन । त्यसैले सम्पूर्ण रकमलाई प्रयोग नगरीकन राख्ने सोच गलत हो । – एजेन्सी