काठमाण्डौ । आईएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि.द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र आइसिएफसि फाइनान्स लिमिटेडबीच एक सम्झौता भएको छ । 

सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् । 

यस सम्झौताअनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले आइसिएफसि फाइनान्स लिमिटेडबीच सहज रुपमा ७० प्रतिशतसम्मको कर्जा सुविधा पाउने छन् । 

अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त हुने बताइएको छ । 

यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले सम्झौतामा हस्ताक्षर गर्ने क्रममा बताए ।